ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक


admin
माघ ४, २०७५ शुक्रबार  ३ : ५२ बजे

काठमाडौं,४ माघ । वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे« बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म रु एक अर्ब ४२ करोड नाफा गरेको छ ।

बैंकको गत वर्षको सोही अवधिमा रु एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले रु एक खर्ब २४ अर्ब निक्षेप सङकलन गरी रु एक खर्ब पाँच अर्ब बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छ्र«े बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ । गत पुस मसान्तसम्म रु ७८ करोड १३ लाख बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा रु ४८ करोड ५७ लाख नाफा गरेको थियो ।

बैंकले रु ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको छ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा रु एक अर्ब ५१ करोड नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले रु ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म रु एक खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब ४९ अर्ब ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

बजारमा मूल्यवृद्धि किन ? माधव तिमिल्सिना , अध्यक्ष ,उपभोक्ता अधिकार अनुसन्धान मञ्च , भिडियो

सम्बन्धित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

विलासिताको कर घटाउने माग र यथार्थ बजेट बहसबीच अर्थतन्त्र सुधारको दबाब

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com