ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङका तीन सडकलाई तीन करोड बजेट


admin
माघ २, २०७५ बुधबार  २ : ०८ बजे

गलकोट, २ माघ । बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हुँदै म्याग्दीको दरवाङ जोड्ने सडक विस्तार र स्तरोन्नति गर्न रु एक करोड बजेट विनियोजन भएको छ । गलकोट हरिचौर ताराखोला हुँदै म्याग्दीको ताकम जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन भएको सांसद देवेन्द्र पौडेलले बताउनुभयो ।

जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने मालढुङ्गा, पाग्जा पैयूँपाटा हँुदै लहरेबर अमलाचौर कुश्मिशेरा जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले बजेट ल्याउने बेला एकमुष्ट बजेट राखेर सांसदमार्फत आएका योजनाका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

तीनवटै सडकको स्तरोन्नति गर्न विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको सांसद पौडेलले जानकारी दिनुभयो । “सरकारले विनियोजन गरेको बजेटका विषयमा सम्बन्धित क्षेत्रका मानिसले चासो राखेर काम गर्नुपर्दछ” पौडेलले भन्नुभयो, “स्थानीय सरकारसँग समन्वय गरेर बजेटको सही कार्यान्वयन हुन्छ ।”

एउटा क्षेत्रका दुईवटा बाटोमा रकम विनियोजन हुँदै आएपनि जनताको माग अनुसार तीनवटा बाटोमा रकम छुट्ट्याइएको सांसद पौडेलले बताउनुभयो ।

तीनवटै सडक सर्वसाधरणको प्रत्यक्ष जनजीवीकासँग जोडिएका सडक भएकाले आगामी वर्ष बजेटलाई निरन्तरता दिएर काम गर्ने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com