ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीको बीउ बेचेरै लाखौँ आम्दानी


admin

बागलुङ, २१ पुस । तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन गर्नुहुन्छ । “गत वर्ष १५० किलो काउलीको बीउ उत्पादन गरेर रु दश लाखमा बेचेँ”, उहाँले भन्नुभयो, “अझै ३० किलो जति बाँकी छ ।” काउलीको बीउ प्रतिकिलो रु आठदेखि दश हजारसम्ममा बिक्री हुन्छ ।

खड्काले स्थानीय जातको ‘ज्यापू’ काउलीको बीउ उत्पादन र बिक्री गर्दै आउनुभएको छ । काउलीपछि उहाँकोमा धेरै उत्पादन हुने काँक्राको बीउ हो । यही वर्ष ४० किलो काँक्राको बीउ बेचेको उहाँले बताउनुभयो ।

प्रतिकिलो रु पाँच हजारसम्ममा काँक्राको बीउ बिक्री हुन्छ । “काँक्रामा भक्तपुर लोकलको बीउ उत्पादन गर्छु” खड्काले भन्नुभयो, “यसको उत्पादन राम्रो छ, माग पनि बढी छ ।” खड्काले उत्पादन गरेको काउलीको बीउ काठमाडौँ, चितवनलगायत तराईका जिल्लामा पुग्छ ।

काँक्राको बीउका लागि पनि बाहिरका ठूला व्यापारीबाट माग आउँछ । बागलुङकै अन्य ठाउँ र छिमेकी जिल्लाका किसानले समेत उहाँसँग बीउ किन्ने गर्छन् । “ठूला व्यापारीसँग कारोवार हुन्छ” खड्काले भन्नुभयो, “उनीहरुले प्याकेजिङ गरेर बजार पठाउँछन् ।”

उहाँले बेच्ने ज्यापू काउली र भक्तपुर काँक्राले ७० देखि १०० दिनमा उत्पादन दिन्छ । बीउको बजारीकरणमा सरकारले सघाउनुपर्ने खड्काको माग छ । “बजारको सुनिश्चितता हुनसके बीउमा राम्रो आम्दानी छ”, उहाँले भन्नुभयो ।

छिटो र धेरै फल्ने नाममा गुणस्तरहीन बीउलाई निरुत्साहित गर्दै स्थानीय जातको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिदैं खड्काले केही वर्ष अघिसम्म प्याज, मूला, गाँजर, गोलभेँडालगायत अन्य तरकारी बालीको बीउसमेत उत्पादन गर्दै आएको बताउनुभयो ।

पछिल्लो समय काउली र काँक्राको बीउ उत्पादनमा मात्र उहाँ केन्द्रित हुनुभएको छ । “बीउ उत्पादन विसं २०४६ देखि शुरु गरेको हुँ” खड्काले भन्नुभयो, “पछि उत्पादन बढाउँदै लगेँ ।” कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट उहाँले शुरुमा बीउ उत्पादनको सीप सिक्नुभएको हो ।

बीउ उत्पादनका लागि तत्कालीन कृषि विकास कार्यालय बागलुङबाट पनि उहाँले विभिन्न तालिम, प्रविधि र अनुदान पाउनुभएको थियो । ६० वर्षीय खड्काले बीउसँगै ताजा तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ । जिल्लामै सफल र अगुवा किसानको रुपमा परिचित उहाँ पाँच रोपनी क्षेत्रफलमा सुन्तलाखेती पनि गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com