ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जागिर खाएका तर सीप नभएकालाई दक्ष बनाउन निशुल्क तालिम


एबीसी न्यूज

भक्तपुर, २१ पुस। । विगत ९ वर्षदेखि भक्तपुरको गपाली सूर्यविनायकमा रहेर सेवा प्रदान गर्दै आएको काईट नेपाल टेक्नोसीसले रोजगारीमा रहेको समस्यालाई नयाँ तरिकाले हलगर्दै आएको छ । जागिर खाने तर सीप नभएर सेवाग्राहीको काममा हुने ढिलासुस्तीले प्राय सबै सरकारी कार्यालयमा यो समस्याले जरा गाडेको अवस्था छ ।

एका तर्फ देशमा रोजगारी नभएर युवाहरु भौतारिदै अरबका खाडीमा रगत पसिना बगाईरहेका छन् भने अर्को तर्फ रोजगारी भएर पनि प्राविधिक ज्ञान नभएर सहज र सरल सेवा प्रवाह नहुने यो समस्यालाई मध्यनजर गरी अदक्षलाई दक्षबनाउने उदेश्यले काईट नेपाल टेक्नोसीसले रोजगारीको अवसरमा नयाँ सेवा प्रदानगर्दै आएको छ । प्रविधिमा विज्ञानले गरेको चमत्कारिक विकासलाई सहजरुपमा अनुसरण गर्न भक्ततपुरका पाँच सात जना युवाले नयाँ सोच बनाई २०६७ सालमा आइटी क्वलवको सुरुवात गरे । त्यो क्लवले युवालाई निशुल्क तालिम दिदै आयो । कम्प्यूटर फण्डामेन्टल, व्यसिक कोर्सको तालिम दिदै २०७२ बैशाखको भूकम्प पश्चात क्लवलाई कम्पनिमा रुपान्तरण गरेर अहिले काईट नेपाल टेक्नोसीसले ल्यापटप एण्ड रिपेयरिङ, वेब पेज डिजाईनिङ्ग, सप्टवेर डेभलप्मेन्ट, कम्प्यूटर ट्रेनिङ्गलगायतका नयाँ नयाँ कक्षाहरु संचालन गरिरहेको संचालक सरोज सुवालले बताए ।

पुस महिना भित्र सीटीईंभीटीसंग समन्वय गरेर मान्यता प्राप्त भएपछि नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सञ्चालक सुवालले बताए । ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिंटर लगायतका सामानहरुको ट्रेनिङ, नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ भने नयाँ मेसिनहरुको सहायताबाट कक्षा सञ्चालन गर्न लागेको हो ।

यसअघि सरकारी सेवाका कर्मचारीलाई सेवा दिदै आएको टेक्नोसीसले हाल आएर सबै क्षेत्रकालाई तालिम दिदै आएको छ । तीन जनाको पार्टनरशीपमा संचालित टेक्नोसीसमा दिनभरी कक्षा संचालन भैरहेको छ । प्रोजेक्ट फोकस क्लास भएकाले अफिस, होटेल र स्कुलका विद्यार्थी बढि आउने गरेको सुवालले बताए । साइवर क्राइमको कानून नबन्दा र यो सम्वन्धि ज्ञान नहुदा धेरै मानिस अन्जानमै फस्ने गरेकोले साइवर क्राइमका विषयमा जानकारी दिएर मात्र कक्षा लिने गरेको उनको भनाई छ । उहिले सप्टवेर बेच्दा आफु अदालत पुग्नु परेको र पछि अदालतले साइवर क्राइम सम्वन्धि कानून नबनेकाले फैसला आफनो पक्षमा गरेको अनुभव साट्दै अन्जानमा हुने गल्तीका बारेमा पनि सवैलाइ सचेत गराउछन् ।

काईट नेपाल टेक्नोसीसबाट तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत प्राप्त गरेको भन्दै सिप र ज्ञान विना मानिसको जीवन अन्धकारमय हुने सञ्चालक बताउछन्, ‘आफूसँग सीप छ भने न त कसैको भर पर्नुपर्छ न त खाडी मुलुकको चर्को घाममा पसिना बगाउनु नै । त्यसैले म जो कसैलाई पनि सिप सिकेर दक्ष बन्न आग्रहगर्दछु ।’ काईट नेपाल टेक्नोसीसले दिदै आएको ल्यापटप, कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारी समेत भएकाले आफैं स्वरोजगार बन्न चाहने युवा–युवतीलाई रोजगारीको ज्ञारेन्टी दिँदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको पनि संचालक सुवालले बताए ।

कुनै पनि कम्पनीहरु वा व्यक्तिहरु प्राबिधिक रुपमा कुनै पनि समस्या आएमा वा सोधपुछ गर्नु   परेमा आफुहरु सधैव तयार रहेको र सम्पूर्ण कामकाज को लागि हरदम तयार रहेको काईट नेपाल टेक्नोसीस प्रा। लि। का  सुवालले बताए । विभिन्न कार्यालयको लागि प्राबिधिक रुपमा हिसाब किताब राख्न उचित सफ्टवयर पनि उपलब्द गराउने वा अडर अनुसारको पनि सफ्त्वेर बनाउन दक्ष जनशक्ति  आफुहरूसंग भएको सुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com