ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधुसुदन उपाध्यायको अध्यक्षतामा सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित


admin
पुस १५, २०७५ आईतबार  १ : १५ बजे


काठमाडौं, १५ पुस । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल(सोट्टो–नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्धित्तीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सह–कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन् ।

यस्तै सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी(सागर), आनन्दकुमार क्षेत्री(विश्वास), रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।

साधारण सभामा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कँडेलले अहिले योजना आयोगले दिर्घकालिन योजना तय गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिंदै पर्यटन क्षेत्रका आवश्यक सुझाव प्रस्तुत गर्न पर्यटन क्षेत्रका विज्ञ एवं व्यवसायीलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचितहरुलाई बधाई दिंदैलामो समयदेखि पर्यटन क्षेत्रका व्यक्तित्वलाई उत्प्रेरणा दिंदै आएका नेकपाका केन्द्रीय सदस्यसूर्य थापाले गफमा भन्दापनि काममा जोड दिन सबै पर्यटन क्षेत्रका व्यक्तित्वलाई आग्रह गरे ।

सो अवसरमा उनले पर्यटनका योजनाहरु निबन्ध लेखेजस्तो भन्दा पनि ठोसरुपमा कार्यान्वयन हुनेतर्फ केन्द्रित बनाउनुपर्नेमा योजना आयोगको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पर्यटन क्षेत्रमा अन्य संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीले पर्यटन क्षेत्रको विकासबारे आ -आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com