ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहसँग सहकार्य गर्दै नाष्ट


admin
पुस १५, २०७५ आईतबार  ११ : ५३ बजे

काठमाडौं,१५ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो ।

यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।

नास्टले यहाँबाट विकास भएका प्रविधि स्थानीयवासीलाई स्थानीय तह हुँदै पु¥याउँछ । स्थानीय तहसँग अधिकार र बजेट दुवै भएकाले विकास भएका प्रविधि सहजै अपनाउन सक्छन् । उहाँले भन्नुभयो, “हामीले विभिन्न कार्यक्रममार्फत सहकार्य बढाइरहेका छौँ ।”

नास्टले पहिले यहाँबाट अध्ययन र अनुसन्धान गरेपछि स्थानीयस्तरमा हस्तान्तरण गर्छ । स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीबाटै जीविकोपार्जन सहज हुने भए पनि स्थानीयवासीलाई यसको ज्ञान हुँदैन । धेरै स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्दा त्यसलाई नौलो मानेर चासो देखाउँछन् ।

ती तहले चासो देखाए पनि शुरु गर्न हतार नगरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “फोहरको व्यवस्थापन, खरको घरमा आगो नलाग्ने प्रविधि वा विपतको पूर्वसूचना दिने प्रविधि स्थानीय तहले शुरु नगरे पनि चासो देखाएका छन् ।”

नास्टले स्थापनाकालदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर सफल भएको प्रविधि स्थानीयवासीलाई हस्तान्तरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com