ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
पुस १४, २०७५ शनिबार  ९ : ०९ बजे

बनेपा, १४ पुस ।  नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ ।

शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।”

स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिनुभयो । “खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले ऐनहरु बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र सङ्घ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया शुरुआत हुँदैछ ।”

उहाँले आम नागरिकलाई नयाँ व्यवस्थाको कार्यान्वयनमा आ–आफ्ना ठाउँबाट योगदान पु¥याउन आग्रहसमेत गर्नुभयो । लाखौँ नेपालीको त्याग, मेहनत र समर्पणबाट ल्याएको व्यवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

कोसीपारि क्षेत्रमा आर्थिक र पर्यटन विकास गर्न सकिने भएकाले त्यसका लागि चौरीखोला र सुनकोसी दोभानमा सयौँ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सके त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन हुने उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले कोसीपारिको विकास निर्माणलगायत समस्या समाधान गर्न आफूले सरकारमा पहल गर्ने र स्थानीय विद्यालयको भौतिक, शैक्षिक र सिङ्गो गाउँपालिकाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयोे ।

यसैबीच नेकपाको ११ दिनदेखि चलेको स्थायी समितिको बैठकले तल्लो निकायसम्म छटो पार्टी एकता हुनुपर्ने र सरकारको काम छिटो भइदिए हुन्थ्यो भन्ने जनताको आवाज र चाहनालाई पूरा गर्न बैठकले ठोस निर्णय गरेको गरिसकेकाले त्यसका लागि पुस महीनाभित्र देशैभरि तलैसम्म पार्टी र जनसङ्गठनको एकता गरिसक्ने निर्णय पनि भइसकेको उहाँले बताउनुभयो ।
पाँचसय पैसठ्ठी विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालय भूकम्पले भवन क्षति पु¥याएकाले त्यसको पुनःनिर्माण भारतीय दूतावासले गर्ने जनाए पनि अहिलेसम्म कुनै सुरसार गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com