
काठमाडौं, १२ पुस । २०७२ वैशाख १२ को भूकम्पमा ढलेको काठमाडौंको सुन्धारास्थित धरहराको पुनर्निर्माण सुरु भएको छ । भूकम्पको ३ वर्ष ८ महिनापछि धरहरा पुनर्निर्माण सुरु भएको हो ।
आज बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुर्निर्माणको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे ।
धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’
धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए । उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताए । २०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ ।







प्रतिक्रिया दिनुहोस्