ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण: प्रहरीको क्षमतामाथि नै प्रश्न – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
पुस ११, २०७५ बुधबार  ६ : २४ बजे


काठमाडौं,११ पुस ।   नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणले सबैलाई गम्भीर बनाएको बताएका छन् ।

बुधबारबाट सुरु भएको संघीय संसदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस घटनाले सरकार तथा प्रहरीको अनुसन्धान क्षमता र हैसियतमाथि नै कुनै न कुनै रुपले प्रश्न चिन्ह खडा गरेको पनि बताए ।

‘नागरिकलाई निरास, भयभीत बनाउने, लौ अब बर्बाद भयो, केही पत्ता लाग्दैन भनेर प्रचार गर्नु पनि ठिक होइन’ भन्दै अध्यक्ष प्रचण्डले नागरिकको मनोबल र भावना गिर्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।

घटनाको अनुसन्धान गम्भीर रुपमा हुनु पर्यो भनेर आफूहरुले भन्दै आएको भन्दै उनले आफूले पटक पटक प्रधानमन्त्री र गृहमन्त्रालयसँग छलफल गरेको पनि बताए ।

घटनाको अनुसन्धानमा प्रहरीबाट कहीँ न कहीँ ल्याप्सेस भएको भन्ने ठानेर नै सरकारले गम्भीर भएर अनुसन्धानमा केन्द्रित गरेको पनि प्रचण्डले बताए ।

घटनाको अनुसन्धानलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्‍याएर अपराधीलाई जसरी पनि कठघरामा ल्याएरै छाड्ने बताए । यस्तै केही घटनालाई लिएर नागरिकमा भ्रम छर्ने र निरास बनाउने काम नगर्न पनि उनले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com