ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमा


admin
पुस ११, २०७५ बुधबार  ४ : ३२ बजे

काठमाडौं,११ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बुधबार पहिलो पटक संसदीय समितिको बैठकमा सहभागी हुनु भएको छ ।

अध्यक्ष दाहाल संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार पहिलो पटक सहभागी हुनु भएको हो ।

बैठकमा उहाँले पार्टीसँग छलफल गरेरै आफू समितिको बैठकमा सहभागी भएको र अव नियमित आउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । अध्यक्ष दाहालले बैठकमा प्रस्तुत कर्मचारी समायोजन अध्यादेशमाथिको छलफलमा भाग लिँदै सो अध्यादेशमा स्पष्टताको जरुरी रहेको बताउनु भयो ।

प्रदेश तथा स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने गरी अध्यादेश आएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा केही कमी कमजोरी भए करेक्सन गरेर अघि बढनुपर्ने पनि बताउनु भयो ।

उहाँले सो अध्यादेशको प्रतिस्थापन विधेयक आउँदा त्यसमा भएका कमी-कमजोरीलाई करेक्सन गर्न सचेत रहन पनि सांसदहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्ष दाहालले संघीयताको मान्यता प्रदेश र स्थानीय तहमा बढि अधिकार दिनुपर्ने भएकाले सोही अनुसार कर्मचारी समायोजनाको कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले नयाँ प्रयोग भएकाले कर्मचारी समायोजनमा जटिलता देखिएको पनि उल्लेख गर्नु भयो । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीहरुको गुनासो सम्बोधन गरेर मात्रै सो अध्यादेशलाई अघि बढाउन सरकारलाई आग्रह गर्नु भयो ।

उहाँले भर्ना हुँदाका समयको सेवा र सर्त विपरित कर्मचारीहरुलाई समायोजन नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

समितिको बैठकमा सांसदहरुले कर्मचारीहरुको वृत्ति विकासमा प्रतिकूल प्रभाव पार्ने काम कर्मचारी समायोजनको नाममा गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com