ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति भण्डारी


admin

 काठमाडौं,११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ ।

१५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको असरबाट चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा र जैविक विविधता लोप हुन पुगे र पर्यटक आउन छाडे भने हाम्रो पर्यटन क्षेत्रमा ठूलो असर पर्ने नै छ ।”

उहाँले थप्नुभयो, “भविष्यका सन्ततिलाई समेत यी प्राकृतिक स्रोत र साधन नासोका रुपमा सुम्पिन सकेनौँ भने वन्यजन्तु र वनस्पति त लोप हुने नै छन्, त्योभन्दा बढी समग्र मानव अस्तित्वमा नै खतरा उत्पन्न नहोला भनेर भन्न सकिँदैन ।”

राष्ट्रपति भण्डारीले सर्वश्रेष्ठ चेतनशील प्राणीका रुपमा रहेको मानव समाजलाई समृद्ध बनाई रहन जीवजन्तु र प्रकृतिलाई दुःख दिन र सङ्कट थुपार्नु राम्रो कुरा नभएको बताउनुभयो ।

यस क्षेत्र भएर बग्ने महत्वपूर्ण नदीले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले विश्व सम्पदा तथा रामसार सूचीमा सूचीकृत यहाँका सम्पदाको संरक्षण र सम्बद्र्धनमा ध्यान पु¥याउँदा ठूलो संस्कृतिक गन्तव्यको रुपमा रहेको देवघाट क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा पर्यावरणमैत्री भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले पर्यापर्यटनको दिगो विकासका लागि सोही अनुकूलको शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याउने पर्यटन उद्योगले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने सङ्कल्प साकार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने आफ्नो पूर्ण विश्वास रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वन र वन्यजन्तु मानव जीवनको अभिन्न अङ्ग भएकाले यिनीहरुको संरक्षणमा सरकारले प्रमुख दायित्व लिएको बताउनुभयो । उहाँले पर्यापर्यटनको अथाह सम्भावना भएको नेपालमा वन र वन्यजन्तुमा आधारित यस्ता गतिविधिले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो ।

सोही अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटनको ठोस योजना नहुँदा प्रदेश सरकार अलमलमा रहेको भन्दै पर्यटनको विकासलाई ओझेलमा राखेर देशमा समृद्धि ल्याउन नसकिने बताउनुभयो । वन र वन्यजन्तु देशका अमूल्य निधी भएको भन्दै उहाँले यस्ता मेला महोत्सवले वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने विचार राख्नुभयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल होटल सङ्घका केन्द्रीय अध्यक्ष अमरमान शाक्य, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे, प्रथम उपाध्यक्ष दीपक भट्टराईले चितवनको पर्यटन विकासका संभावनाबारे प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा संरक्षणतर्फ चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत नुरेन्द अर्याल र पुरुषोत्तम पाण्डे तथा पर्यटन व्यवसायतर्फ अमरमान शाक्य र हरिहर सैजुलाई सम्मान गरिएको थियो ।

महोत्सवअन्तर्गत हात्ती लम्कने प्रतियोगिता, हात्तीका छावाबीचको फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पेन्टिङ प्रतियोगिता हुने सङ्घका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । देशभरका कविलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com