ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीको अभियोगमा ९ जना पक्राउ


एबीसी न्यूज

काठमाडौं, १० पुस ।  गोंगवुस्थित गोंगवु वैकुण्ठ गेष्ट हाउस समेतबाट सुनका गरगहना चोरी गर्ने कार्यमा संलग्न ९ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा २१ वर्षीय चाईनिज भनिने सुमन मगर समेत ८ जना र चोरीको गरगहना किन्ने तथा स्वरुप परिवर्तन गरी विक्री गर्ने काठमाडौं महानगरपालिका-१६ स्थित भुपु सैनिक सुनचाँदी पसलकी संचालिका सबिता सुनार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले मगरलाई चोरीका गहना सहित फेला पारी सोधपुछ गर्दा उक्त गेष्ट हाउसको ३०१ नम्बरको कोठाबाट उनका साथी ४ पुरुष र ३ महिलालाई समेत पक्राउ गरेको हो ।

सोधपुछको क्रममा उनीहरूले चोरी गरेका गरगहना सुनारको पसलमा बेच्ने गरेको र सुनारले काठमाडौं महानगरपालिका-२२ पाको न्युरोडस्थित फोर नाइन फाइन गोल्डेन ओर्नामेन्ट एन्ड ज्वेलरीमा काम गर्ने न्यूरोड बस्ने भारत कलकत्ताका ५२ वर्षीय गौतम मन्नालाई विक्री गरेको खुल्न आएपछि प्रहरीले मन्नाको कोठाबाट ६६.२० ग्राम सुन बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका डिएसपी फडिन्द्र प्रसाईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com