ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक , भ्रष्टाचारको आरोप लागेका चुडामणि पहिलो नम्बरमा


एबीसी न्यूज
पुस १०, २०७५ मंगलबार  ३ : ०९ बजे

काठमाडौं, १० पुस ।   कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो ।

तत्कालीन कर फर्छ्यौट आयोगमा रहँदा अनधिकृत रुपमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका चुडामणि शर्मा पहिलो नम्बरमा छन् ।

आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए । अख्तियारले कर छुट प्रकरणमा शर्माविरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।

शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने बताए ।

रा प प्रथम प्रशासन, जेष्ठताको सूची

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com