ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक दुर्घटनाको प्रमुख कारण तिव्र गति र मादक पदार्थ सेवन, काँहा काहाँ कस्ता दुर्घटना भए ? (भिडियोसहित)


एबीसी न्यूज
पुस १०, २०७५ मंगलबार  १ : १० बजे

काठमाडौं, १० पुस । रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग धेरै नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र सर्वसाधारणको भरपर्दो माध्यम बनेको छ । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । अनि सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नागरिकले अकालमा मृत्युवरण गर्नु परेको छ । दुघटनाकै कारण अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यतिकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ ।

घटना १
पुष ६गते । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा बस दुर्घटना । प्रविधिक शिक्षाको अध्ययन गर्दै गरेका २३ जनाको अनाहकमै मृत्यु । मुलुक बनाउने सपना बोकेको उम्दा जनशक्तिको एकै चिहान
घटना २
मंसिर ६ गते । उग्रतारा मेला भरेर फर्कंदै गरेको बस केआईसिंह राजमार्गअन्र्तगत डडेल्धुराको रडुवा खोलामा दुर्घटना हुदा“ १८ जनाको मृत्यु, २६ जना घाइते
घटना ३
मंसिर २६ गते । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती बोकेको स्करपियो र वस ठोक्किदा ६ जनाको मृत्यु, २ जना घाइते
घटना ४
मंसिर २७ गते । पाल्पाको जल्पाबाट सुत्केरी लिएर बहादुरपुर जा“दै गरेको जिप आर्घिडा“डा ओढारेमा दुर्घटना हुदा“ ५ जनाको मृत्यु, ४ जना घाईते
घटना ५
कातिक १९ गते । डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउ“दै डोल्पाली जनतामाझ दुःखद घटना घट्यो । भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुदा“ १० जनाको मृत्यु । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जँदै गरेको जीप ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ स्थित कालागौडा नजिकै बतासे ओढारमा दुर्घटना भयो ।
घटना ६
मंसिर २८ गते । नुवाकोटमा बा ३ ख ३९१३ नम्बरको आइसर ट्रक नुवाकोटको दुप्चेश्वर गाउ“पालिकामा दुर्घटना । आफन्तको १३ आंै लिनको काम सकेर फकिर्दै गर्दा मिनीट्रक खस्दा २१ जनाको मृत्यु । घ्याङडा“डामा पुगेपछि २१ जनाको यात्रा सदाको लागि अन्त्य भयो ।
घटना ७
असोज २० गते ।दाङबाट नेपालंगञ्ज जादै गरेको रा १ ख १६६२ नम्बरको हाइस र नेपालगन्जबँट दाङ आउ“दै गरेको ट्रक राप्ती सोनारी गाउ“पालिका ४ स्थित जिरो भन्ने ठा“उमा ठोकि“दा ६ जनाको मृत्यु, ११ जना गम्भीर घाईते

यी त प्रतिनिधिमुलक सडक दुर्घटनामा मात्र हु्न । सडक दुर्घटनामा परि नेपालमा वार्षिक सरदर करिब २ हजार जनाको अकालमा ज्यान गुमाउने गरेको सरकारी तथ्याङक छ । पछिल्लो समय दाङमा भएको बस दुर्घटनामा २३ जनाको ज्यान गयो भने १५ जना गम्भीर घाइते भए । केही वर्षयता यस्ता घटना नियमित झैं हुने गरेका छन् । सडक दुर्घटनामा सबै उमेर र सामाजिक पृष्ठभूमिका महिला, पुरुष र बाल–बालिका पर्ने गरेका छन् । केही दिन अघिमात्र दाङको राम्रीमा भएको सडक दुघटनामा मु्लुकका होनाहार प्राविधिकहरुले ज्यान गुमाए ।
यस वर्षमा सडक दुर्घटनामा सबैभन्दा बढी प्रदेश नम्बर ५ मा र सबैभन्दा कम कर्णाली प्रदेशमा भएको तथ्याङ्क छ । नेपाल प्रहरीको तथ्यांकले चालु आर्थिक वर्षमा सडक दुर्घटनाको फेरेस्ता तयार पार्ने गरेको छ । यता सबै भन्दा कम ज्यान गुमाउनेमा भने सुदुरपश्चिम प्रदेश छ ।
 प्रदेश नम्बर १ मा १ सय ७३ जनाले सडक दुर्घटनामा ज्यान गुमाए
 प्रदेश नम्बर २ मा २ सय ३० जनाले सडक दुर्घटनामा ज्यान गुमाए
 प्रदेश नम्बर ३ मा २ सय २४ जनाले सडक दुर्घटनामा ज्यान गुमाए । जसमध्ये राजधानीमा १ सय ७ जना रहेका छन् ।
 गण्डकी प्रदेशमा १ सय १ जनाले सडक दुर्घटनामा ज्यान गुमाए ।
 प्रदेश नम्बर ५ मा २ सय ६२ जनाले ज्यान सडक दुर्घटनामा ज्यान गुमाए ।
 कर्णाली प्रदेश र सु्दुरपश्चिम प्रदेशमा ७५–७५ जनाले ज्यान गुमाए
 आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा दुर्घटनाको दर निकै बढेको छ ।

यसरी दुर्घटना बढ्नुमा सा“घुरो र अवैज्ञानिक सडक नै मुख्य कारण हो । थोत्रा सवारी साधन चलाउन बाध्य बनाउने सवारी धनी, जथाभावी सवारी चलाउने चालक पनि उत्तिकै दोषी छन् । बाटोलाई मात्र दोष नदिइ, नियमनकारी निकायले तदारुकताका साथ नयां सडक सुरक्षा कानुन पारित गर्दै प्रभावकारी रुपमा लागु गर्ने हो भने मात्र धेरै हदसम्म दुर्घटना न्यूनिकरण हुन सक्छ देखिन्छ । त्यसैले नागरिकको जीउ ज्यान जस्तो गम्भिर विषयमा सरोकारवाला निकाय समयमा नै गम्भीर हुन आवश्यक छ ।

आर्थिक वर्ष ०७३/७४ मा देशभर भएका कुल १० हजार एक सय ७८ दुर्घटनामध्ये सात हजार चार सय ८७ वटा घटनामा चालकको दोष रहेको प्रहरीको विश्लेषण छ । तीन सय ७६ घटनामा यात्रुलाई दोष दिईएको छ । तिव्र गति र ओभरटेकलाई पनि मुख्य कारण मानिएको छ । ९४ वटा घटनामा मात्र सडकको अवस्थालाई कारण देखाईएको छ । चालु आर्थिक वर्ष देशभर भएका कुल ९ सय ७६ दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाहीलाई नै दोष देखाएको छ । केवल १३ घटनामा सडकको अवस्थालाई कारणका रुपमा विश्लेषण गरिएको छ । यसरी छानविन टोलिले दिएको सुझावले दुर्घटन न्यूनिकरण नहुने बताउ“छन् सडक सुरक्षा मामिला जानकार तथा नेपाल प्रहरीका पूर्व एसपी जगतमान श्रेष्ठ ।

लामो दूरी तय गर्न निर्माण गरिएका राजमार्ग, लोकमार्ग एकातिर सा“घुरा छन् भने अर्कोतिर तिनको नियमित मर्मत–संभार नहुदा“ धरापजस्ता भएका छन । ठूल्ठूला खाल्डा समेत महिनौंसम्म पुरिएका हुदैनन् । प्राविधिक परामर्श र चेक जा“च–परीक्षण केही नभएका यस्ता सडकमा सयौं यात्रु बोकेका साधनलाई विना रोकतोक गुड्न दिनु सरकारी निकायको गैरजिम्मेवारी हो ।
त्यसो त, सडकको भारवहन क्षमताको कुनै अध्ययन नगरिकन गुडेका बस, मिनिबसमा चढ्ने हामी यात्रुहरू पनि आफ्नो ज्यान जोखिममा हाल्न हतारिएका हुन्छौं । यात्रुले गन्तव्यमा छिटो पुग्ने कि सुरक्षित पुग्ने त्यसको विचार नै गरिएको हुदैन ।

पछिल्लो घटनालाई नै हेर्ने हो भने पनि, दाङको राम्रीमा भएको सडक दुर्घटना २३ जना देशका होनाहार जनशक्तिको क्षती भयो । सडकमा यात्रा सूरु भएको स्थानदेखि दुर्घटनास्थलसम्म पुग्दा कति ठाउ“मा ट्राफिक जाच हुन्छ ? ती ट्राफिकले के जाच गरे ? न त यात्रुले कहिल्यै ख्याल गर्ने गरेका छन्, नत सडक सुरक्षासंग जोडिएका निकायले । मुलतः सडक दुर्घटना अहिले विश्वका धेरै देशको ठूलो समस्याको विषय हो । फरक के मात्र हो भने विकसित देशमा भन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुने गरेको छ । प्रमुख त नेपालको सन्र्दभमा तिव्र गति र मादक पदार्थ सेवन नै मुख्य कारण बताउ“छन् सडक सुरक्षा मामिला जानकार तथा नेपाल प्रहरीका पूर्व एसपी जगतमान श्रेष्ठ ।

सडक दुर्घटनाकै सन्दर्भमा प्रायः हेक्का नगरिने अर्को सवारी साधनहरूको यान्त्रिक अवस्था ठीक भए नभएको जाच गर्ने नियमकारी निकायले कहिल्यैे सवारी साधन चेक जाच गरेको पाईदैन । थोत्रा सवारी साधनहरुले अस्वाभाविक भार बोकेर कहाली लाग्दा सडकमा गुडिरहेका छन्, यसको नियन्त्रण, निगरानी कसैले गर्ने गरेका छैनन । अपयाक अनि कोल्टे परेका ठाउमा आक्कलझुक्कल देखापर्ने प्रहरीको सेवा, सहानुभूति पनि दुर्लभ हुने गर्छ ।

नेपालमा दुर्घटना हुने मुख्य तीन कारण रहेका छन् सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढ्ने गरेका हुन । यदि यी अवस्था ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ हरेक पक्ष्मा ध्यान दिनुपर्ने जानकारको भनाई छ ।

सडकको अवस्थाले गर्दा हुने सम्पूर्ण दुर्घटनाको कारण सरकार बाहेक अरु कोही हुदैन किनकि सडक बनाउने जिम्मा सरकारले लिएको छ । दुर्घटनाको प्रमुख कारण ओभरलोड, ओभरस्पीड र चालकको अनुभवको कमी । एक त नेपालका स“ागुरा सडक, त्यसमा गुड्ने पुराना सवारी साधनका साथै त्यसमा क्षमताभन्दा बढि कोचिएका यात्रु नै हुन । अर्को तर्फ प्रशासनको फितलो अनुगमन र व्यवस्था । यद्यपी दुर्घटनाको कारणमा भने अझैपनि एक अर्कालाई दोष देखाएर आफु पन्छिने प्रबृति कायमै छ ।

यातायात क्षेत्रको सिण्डिकेट हटाउने सरकारको उद्घोष उदघोषमै सीमित भएपछि विना प्रतिस्पर्धा चलेका गाडीमा कोचिन सर्वसाधारण बाध्य छन् । सडक दुर्घटनाको तथ्यांकले दैनिक नेपालमा औसत सात जनाले ज्यान गुमाउने गरेका छन् । त्योभन्दा बढीको संख्यामा गम्भीर घाइते हुन्छन् । अधिकांश घटनामा प्रहरीले चालकको लापरबाहीलाई मुख्य कारण मान्ने गरेको छ ।

हाल कार्यन्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का केही दफाहरुले चालकलाई हदैसम्मको छुट दिएर जिम्मेवारीहिन बनाएको छ । दफा १६१ ले ज्यानमार्ने मनसायले कुनै दुर्घटना भएमा सर्वस्व सहित जन्मकैद भनेर लेखेको त छ, तर मनसाय पुष्टि गर्न या प्रमाणित गर्न गाह्रो छ ।

सडक दुर्घटना संसारमा जहासुकै हुन्छन् । दुर्घटना शून्य गर्न सम्भव छैन तसर्थ विभिन्न उपाय अपनाएर सडक दुर्घटना कम गर्न भने सकिन्छ । गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारी साधन मर्मत सम्भारको अभावमा बिग्रनु आदि सवारी दुर्घटनाका प्रमुख कारण मानिन्छन् । सडकको दुर्दशा त सवारी दुर्घटनाको प्रमुख कारण हो र त्यसमा सवारी साधन र चालक दुवैको गल्ती कम वा न्यून हुन्छ । दुर्घटनापछि कारण जे भए पनि सवारी साधनको चालकमाथि दोष थोपर्नु सामान्य मानिन्छ जुन सरासर गलत हो ।
नेपालका सडक इन्जीनियङ विनानै बन्ने गरेका छन् । यस्ता सडकमा गाडी गुडाउदा बढि दुर्घटना हुने गरेको जारकारहरुको भनाई छ ।

सरकारी लापरबाहीका कारण सडक दुर्घटना बढ्ेसगै मानिसहरु अकालमा ज्यान गुमाइरहेका छन् । हरेक दिन सयौंको संख्यामा सवारी साधनमा हजारौंले त्यो बाटोबाट यात्रा पनि गर्छन् । तर संसारको कुनै पनि देशको कुनै पनि बाटोको स्तर र्हेयो भने त्यो बाटो हैन मानिस मार्ने थलोका रूपमा विकास भएका छन् ।

सडकका कारणले हुने दुर्घटनालाई कुनै पनि बहानामा चालकको लापरबाही भनेर चालकमाथि दोष थुपारेर अरु उम्केने गरेका हुन्छन् । हरेक दिनजसो दुर्घटना हुने, निर्दोष यात्रुले ज्यान गुमाउने वा अंगभंग हुने र दोषचाहि एक्लो ड्राइभरले पाउने क्रम सधैं जारी रहन्छ । सँच्चिकैका हत्याका जिम्मेवार सवारी साधन सञ्चालन गर्ने समिति र सरकार भने तमासे भइरहने हुन्छन् । सजिलै अनुमान लगाउन सकिन्छ । के हामी कहा“ साधन र स्रोतको अभाव हो ? पक्कै हैन । अभाव हो त मात्र नेतृत्वको कुशल क्षमताको व्यवहारिक प्रयोग ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com