
काठमाडौं, १० पुस । क्रिसमसडेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमसडे मनाउँदै छन् ।
प्रधानमन्त्री ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् ।
क्रिसमसडेका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको सन्देशमा उल्लेख गरेका छन् ।
‘सनातनकालदेखि बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्थाअनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ,’ सन्देशमा लेखिएको छ ।
प्रधानमन्त्री ओलीले क्रिसमस डेका अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना पनि व्यक्त गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्