ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान -नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्र : अध्यक्ष प्रचण्ड


admin
पुस ९, २०७५ सोमबार  २ : १० बजे

काठमाडौं,९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गर्नु भएको छ ।

अध्यक्ष दाहालले जापानले विनासर्त निःश्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनु भयो । सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पनि उल्लेख गर्नु भयो ।

उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले पनि विशिष्ट ढंगको रहेको पनि बताउनु भयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको खुलेर प्रशंशा गर्नु भयो । उहाँले भूकम्पलगायतका विपद्का बेला जापानले गरेको सहयोगको पनि स्मरण गराउनु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले द्धिपक्षीय र बुहपक्षीय ढंगले जापानले नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको सहयोगले निरन्तरता पाईरहने विश्वास पनि व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com