दाङ, ६ पुस,
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ भने १५ जना घाइते भएका छन । घटनास्थलमा २१ जनाको शव फेला परेको छ, भने अस्पतालमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले पनि खोजी कार्य जारी रहेको हुँदा त्यो संख्या थपिन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाही बताए । घटनास्थलमा फेला परेको शव मध्य महिलाको संख्या ५÷६ जना जति रहेको उनले बताए । शुक्रवार बेलुका करिब ५ बजे तिर तुलसीपुर बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना भएको हो । दुर्घटनाका घाइते मध्य एकजनाको भने राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ । मृत्यु भएका व्यक्तिहरुको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ । १५ जना घाइते मध्य १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारक पछि थप उपचारको लागि बाँके पठाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्