ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल आयल निगमको बदमासी , उच्च दरमा मुनाफा राखेर मूल्य घटाएको खुलाशा (भिडियोसहित)


एबीसी न्यूज
पुस ६, २०७५ शुक्रबार  १२ : ०९ बजे


काठमाडौं, ६ पुस  नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा आएको गिरावटस“गै मूल्य घटाएको दाबी गरेपनि आयल निगमको नाफाखोर प्रवृत्ति मौलाउंदो छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्य घटेको सूची पठाएपछि नेपाल आयल निगमले पनि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्यो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २–२ रुपैया“ घटायो । बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० तथा डिजेल र मट्टीतेल समान ९७ रुपैया“ प्रतिलिटरमा खरिद गरेका छन् । तर, खाना पकाउने ग्यांस र हवाई इन्धनको भने मूल्य घटेको छैन ।

आइओसीले निगमलाई प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयां मूल्यसूची पठाउने गरेको छ । सोही आधारमा लामो समयपछि मूल्य घटाएको निगमले उपभोक्तालाई प्रतिलिटर २ रुपैया दिएको छ । तर, आफुले भने आगामी १५ दिनका लागि ८८ करोड २२ लाख रुपैयाँ“नाफा सुनिश्चित गरेको छ ।

नेपालमा तेलको भाउ घट्ने या बढ्ने विषय भारतीय आयल निगमको भाउसंग निर्भर गर्दछ । अन्तराष्ट्रिय बजारमा हुने उतारचढावसंग नेपालको भाउले त्यति अर्थ राख्दैन । तर, अन्तराष्ट्रिय मूल्य अनुसार बजारमा मूल्य नघटेको भन्दै भारतमै बारम्बार विरोध हुने गर्छ ।
कच्चा तेलको दररेटमा आएको गिरावटसगै आइओसीले मूल्य घटाइएर पठाएको भनिए पनि नेपालमा भने उपभोक्ता सधैंभर आयल निगमको नाफाखोर प्रवृत्तिको चपेटामा पर्ने गरेका छन् ।

अहिले, अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ८५÷८६ डलर प्रतिव्यारलबाट घटेर ५८/५९ डलरमा आएको छ । तर, तेलको भाउ बढेको समयमा समेत घाटा सहेर भएर पनि निगमले मूल्य व्यवस्थित गर्नुपरेको बताउंछन् नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ।

जसका कारण नेपाली उपभोक्ताले अन्तराष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको आइओसीसग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैय १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ ।

तर, निगमले यसअघिको घाटा पूर्ति गर्ने भन्दै अन्तराष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन नगरेर चर्को नाफा राखेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको कारोबारमा ३ अर्ब २६ करोड रुपैय सञ्चित नोक्सानी रहेकाले भर्पाई गर्न अहिले मूल्य समायोजनमा कठोर बनेको निगम प्रवक्ता वीरेन्द्र गोइतले दाबी गरे ।

नेपाल आयल निगमले विगत केही वर्षदेखि स्वचालित मूल्यप्रणाली लागु गरेको छ । यसको सोझो अर्थ हो, अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लाग्दा नेपालमा पनि घट्नु पर्छ । उकालो लाग्दा नेपालमा पनि मूल्य बढ्नु पर्छ । तर, निगमले भने अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढ्दा मूल्य बढाइ हाल्छ । भाउ घट्दा मूल्य घटाउन कन्जुस्याईं गर्छ । निगमभित्र हुने अनियमितता, नाफाखोर प्रवृत्ति र चुहावटलाई भने कहिल्यै नियन्त्रण गर्न चाहंदैन । जसको मारमा आम उपभोक्ता परिरहेका छौं ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानी तेल तथा ऊर्जा सुविधामाथि आक्रमणको धम्की फेरि दोहोर्‍याए

कांग्रेस विभाजनको बाटोमा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com