ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आउँदो चार वर्षभित्र चितवन जिल्लाका कुनै पनि बाटोमा धुलोमैलो हुने छैन् :अध्यक्ष प्रचण्ड


admin
पुस ५, २०७५ बिहीबार  ६ : ०३ बजे

काठमाडौं,५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ ।

शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मक रुपमा जान जरुरी रहेको बताउनुभयो ।

सामान्यरुपले गएर नहुने भन्दै दाहालले भन्नुभयो, “हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।

” विगतमा झैँ आउँदा दिनमा पनि सबैको सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो । विगतमा परिवर्तनका लागि मिलेर लडेको स्मरण गर्दै उहाँले समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

पार्टीको बैठक महत्वपूर्णरुपमा चलिरहेको भन्दै उहाँले बाहिर थुप्रै तितामीठा गरी आए पनि बैठकभित्र सौहार्दपूर्ण र खुलेर छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बैठकबाट उचित निष्कर्षसहित देशमा नयाँ अभियान लिएर हामी आउँदैछौँ ।”

सरकारले सामुदायिक विद्यालयको गुणस्तरवृद्धिका लागि काम गरिरहेको भन्दै उहाँले विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् रोजगार पैदा गर्ने खालको शिक्षा होस् भनेर लागिरहेको बताउनुभयो । अध्यक्ष दाहालले थप्नुभयो, “प्राविधिक र व्यावसायिक शिक्षालाई प्रथामिकता दिँदै जाने, सामान्य सैद्धान्तिक शिक्षाको मात्रा घटाउँदै लैजाने नीति लिएका छौँ ।”
सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालय फस्टाउँदै जाने एउटा रोग जस्तो नेपालमा लागेको भन्दै उहाँले पछिल्ला वर्षमा सामुदायिक विद्यालय खरो प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो ।

आफू निर्वाचित क्षेत्र रहेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष दाहालले आउँदो चार वर्षभित्र चितवन जिल्लाका कुनै पनि बाटोलाई धुलोमैलो हुन नदिने बताउनुभयो ।

आफूलाई चितवन केन्द्रित हुन्छ भन्ने पार्टीभित्र आरोप लाग्ने गरेको भन्दै उहाँले भरतपुर महानगरले नमूनायोग्य काम गरिरहेकाले आफूलाई पनि सजिलो परेको बताउनुभयो ।

देशभरिले भरतपुर महानगरतिर आँखा लगाएर हेरेको भन्दै उहाँले जनताका पक्षमा निस्वार्थरुपमा काम भएको महानगरका रुपमा सिङ्गो देशले प्रेरणा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुखको नेतृत्वमा जसरी अहोरात्र खटेर नमूना बनाउने काम भएको छ । देशभरिले महानगरतिर आँखा लगाएर हेरेका छन् ।”

कार्यक्रममा प्रमुख वाचक बालकृष्ण अर्याल, भरतपुर महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिविलास कोइराला, महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालयका अध्यक्ष विष्णुप्रसाद तिवारी, प्रधानाध्यापक दीपेश पौडेल, प्रवक्ता भागिरथ तिमिल्सिनालगायतले बोल्नुभएको थियो । महायज्ञ पुस १३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com