
काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुप कै नीति तय गर्नुपर्ने बताउनु भएको छ ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताउनु भएको छ ।
“यस बर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं”प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी वर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुदैन् । ”
नेपालीहरु विद्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अबसर नपांउदा पछि परेको बताउनु भएको छ ।
अभिभावक र विद्यालयको रुची अनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“महंगो शुल्क लिएर पढाइ रहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “विद्यार्थीको रुची अनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।
नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनुपर्न प्रधानमन्त्रीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्