ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याकाण्ड : ५ सय ३२ पृष्ठको प्रतिवेदनमा , ३६ जना प्रहरीमाथि कारवाहीको सिफारिस


एबीसी न्यूज

काठमाडौं, २ पुस।  निर्मला पन्तको हत्या अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै प्रहरीकै भूमिकामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। एआइजी धिरु बस्न्यातको टोलीले सोमबार आइजिपी सवेन्द्र खनाललाई प्रतिवेदन बुझाएको हो।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै भूमिकामाथी शंका उठेपछि प्रहरी प्रधान कार्यालयले गत साउनमा एआईजी बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । आईजीपी खनालले बस्न्यात नेतृत्वको समितिलाई प्रहरीको भूमिकाबारे आन्तरिक अनुसन्धान तयार पारेर प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए । समितिले ५ सय ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ ।

समिति स्रोतले भन्यो, ‘‘समितिले अनुसन्धानमा कुनै न कुनै रुपमा जोडिएका सबै प्रहरीमाथि अनुसन्धान गरेको थियो । लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमा प्रहरीबाट कहाँ–कहाँ कमजोरी भए लगायतका विषय समेटिएका छन् ।’’

स्रोतका अनुसार बस्न्यात नेतृत्वको समितिले अनुसन्धानमा संलग्न ३६ जना प्रहरीमाथि कारवाहीको सिफारिस गरेको छ । यसअघि नै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर जगदिश भट्ट बर्खास्तीमा परिसकेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।

साउन १० गते घरबाट साथीको जान्छु भनेर निस्किएकी बालिका पन्त पन्त भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com