ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीलाई सास्ती


admin
पुस २, २०७५ सोमबार  ३ : ५२ बजे

 

पाल्पा, २ पुस । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।

पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन ।

विशेषज्ञ डाक्टर छोटो समय बस्ने जाने क्रम यहाँको नियति नै बनेको छ । डेन्टल सर्जनसहित १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमै नियमित बसेर सेवा दिने एकजना पनि विशेषज्ञ डाक्टर नहुने गरेको स्थानीयवासीको दुःखेसो छ ।

दुईजना मेडिकल अधिकृत र एकजना डेन्टल सर्जनको भरमा अस्पताल चलेको छ । अस्पतालमा नवौँ र दशौँ तहका विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । विशेषज्ञ तहका डाक्टर अस्पतालमा नहुँदा यहाँका बिरामीले औषधोपचारमा निकै समस्या झेल्दै आएका अस्पतालका पूर्वसञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

“डाक्टर देखिन आउँछन्, एक–दुई महिना बित्न नपाउँदै अन्यत्र जान्छन्,” उहाँले भन्नुभयो – “बिरामीलाई सेवा दिन भन्दा पनि सकेसम्म सुगम स्थानमा बसेर जागीर टिकाउने प्रवृत्ति डाक्टरहरूमा देखिएको छ ।”

अस्पतालमा ५९ मध्ये हाल ३२ जना कर्मचारी मात्रै कार्यरत छन् । भौगोलिक विकटताका हिसाबले रामपुर अझै पनि सुविधा सम्पन्न शहरका रुपमा स्थापित हुन सकेकोे छैन । माथिल्लो तहका डाक्टरले ग्रामीण भेगमा बसेर जनतालाई सेवा दिन चाहँदैनन् ।

घाँटी दुख्ने समस्याले रामपुर अस्पतालमा उपचार गराउन आउनुभएका तनहुँ बैडीका हुमबहादुर कुमालले यहाँ विशेषज्ञ डाक्टर नभएपछि अन्यत्र जानुपरेको दुःखेसो सुनाउनुभयो ।

“अस्पतालमा दरबन्दी भए पनि सुविधा उपभोग गर्न पाइँदैन, मेरो घाँटी दुख्ने समस्या हो, यहीँ डाक्टर भएको भए किन अन्यत्र जानुप¥थ्यो र !” – कुमालले थप्नुभयो ।

बूढेसकालमा अन्यत्र आउन जान समस्या हुने हुँदा यहीँ विशेषज्ञ डाक्टर बसेर सेवा दिए आफू जस्ता धेरैलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ । दबरन्दीअनुसार डाक्टर नहुँदा अस्पतालको भिडियो एक्सरे सेवा पनि ठप्प छ । अस्पतालमा भिडियो एक्सरे मेशिन प्रयोग गर्ने विशेषज्ञ नहुँदा बिरामी निजी मेडिकलमा पुगेर महङ्गो शुल्कमा सेवा लिन बाध्य छन् ।

जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा विशेषज्ञ डाक्टरकै अभावमा यहाँ आएका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ । रामपुर अस्पतालमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनता सेवा लिन आउने गर्छन् ।

हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट घर नजीक पायक ठाउँमा सेवा सुविधा नपाउँदा अन्यत्र भौँतारिनुपर्ने बाध्यता पूर्वी पाल्पावासीलाई छ ।

दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा सेवा लिन उनीहरु जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडौं लगायतका विभिन्न अस्पताल पुगिरहेका छन् ।

आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् । शहरी क्षेत्रको सेवा सुविधासँग तुलना गर्दै यहाँ आएका डाक्टर एक–दुई महिनापछि अन्यत्र जाने गरेको अस्पतालका मेसु डा बिनेश झाले बताउनुभयो ।

“अस्पतालमा विशेषज्ञ तहको डाक्टरको दरबन्दी छ तर, डाक्टर नहुँदा अस्पतालले तोकेअनुसारको सेवा दिन सकेका छैनौं” – उहाँले भन्नुभयो । विशेषज्ञ डाक्टरलाई अपस्तालमा बसेर नियमित बिरामीलाई सेवा दिन अनुरोध गरे पनि उनीहरु नै यहाँ बसेर सेवा दिन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।
यहाँ स्थानीय स्तरकै डाक्टर नहुँदा पनि अस्पतालमा नियमित विशेषज्ञ डाक्टर टिक्न नसकेको धेरैको ठम्याइ छ । कोही अध्ययन बिदा देखाएर, कोही भौगोलिक विकटताको बहाना गरेर त कोही शहरी क्षेत्रका अस्पतालमा कार्यरत डाक्टरको सेवा सुविधासँग तुलना गर्दै अन्यत्र जाने गरेका छन् ।

अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्दो छ । दैनिक दुई सय पचास जना जति बिरामी उपचारका लागि आउने गर्छन् । बीमाका कारण पनि दिनहुँ बिरामी सङ्ख्या बढ्दो छ । स्थानीय निकायले अस्पतालको सेवा प्रवाहमा चासो नदिँदा पनि अस्पतालमा नियमित डाक्टर नबस्ने समस्या उब्जिएको हो ।

डाक्टरहरू साँझ बिहान निजी मेडिकलमा सेवा दिन पाउने गरी आफूलाई पायक पर्ने स्थानमा सरुवा हुने प्रवृत्ति पनि समस्याको कारण रहेको सरोकारवाला बताउँछन् ।

हाल पन्ध्र शय्याको क्षमतामा सञ्चालित यस अस्पतालबाट घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शय्याको सुविधा सम्पन्न भवन बनाउने काम धमाधम भइरहेको छ । अस्पताल स्तरोन्नति भइरहेकै अवस्थामा पनि दरबन्दी अनुसारका डाक्टर नबसेका कारण भोलिका दिनमा पनि यहाँ नियमित रुपमा विशेषज्ञ डाक्टर बस्छन् र सेवा दिन्छन् भन्नेमा यहाँका आमनागरिक ढुक्क बन्न सकेका छैनन् ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई सेवा दिँदैआएको यस अस्पताल २०६७ सालमा पन्ध्र शय्यामा स्तरोन्नति भएको थियो ।

विसं २०७० मा पचास श्ययामा स्तरोन्नति गर्ने घोषणा गरिए पनि अहिलेसम्म पनि पन्ध्र शय्या मै सीमित छ । नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायतका अत्याधुनिक सेवा सञ्चालन हुने दाबी अस्पतालले गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com