
काठमाडौं, २ पुस। सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम भएको छ।
मौसमविद् राजु प्रधानाङगका अनुसार सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। सोमबार दिउँसो काठमाडौं उपत्यकासहितम देशका पूर्वी भागमा फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रधानाङगले जानकारी दिए।
अन्य क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा अलि बढी वर्षा हुने सम्भावना देखिएको छ। यसैगरी हिमाली भेगमा हिमपात हुने सम्भावना पनि रहेको मौसमविद् प्रधानाङगले बताए। बंगालको खाँडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको सामुद्रिक आँधीका प्रभाव नेपालमा परेको उनले बताए।







प्रतिक्रिया दिनुहोस्