ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुग्ध वितरण आयोजनाको क्षमतामा सुधार


admin
मंसिर २८, २०७५ शुक्रबार  २ : ५४ बजे

हेटौँडा, २७ मङ्सिर । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका लागि उत्पादन क्षमताको विस्तार एवं सुधार प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्दै आएको सो आयोजनाले प्राविधिक क्षमता सुधार गरी दैनिक प्रतिघण्टा पाँच हजार लिटर दूध प्रशोधन गर्नेतर्फ लागेको छ ।

साथै विभिन्न किसिमका मिठाइ उत्पादन गर्दै आएको आयोजनाले रसभरी र फ्रेस मिल्क पनि उत्पादन शुरु गरेको छ । त्यस्तै आयोजनाको परिसरमा रहेको दूग्ध कारखानाको सरसफाइ र मेसिनको गुणस्तरमा पनि सुधार गरेको आयोजनाका प्रमुख गणेश यादवले बताउनुभयो ।

विसं २०३० मा औद्योगिक क्षेत्रमा स्थापना भई २०३१ साल चैतबाट सञ्चालनमा आएको सो दुग्ध वितरण आयोजनाबाट हाल दही, घ्यु, पनिर, लालमोहन, पेडा, मख्खन तथा फ्रेस मिल्क उत्पादन भइरहेको छ ।

सर्लाही, रौतहट, मकवानपुर र बाराका किसानबाट दैनिक दूध खरीद एवं सङ्कलन गरी हेटौँडा, वीरगञ्ज र नारायणगढसम्म दूध तथा दुग्ध पदार्थबाट बनेका सामग्री बिक्रीवितरण भइरहेको आयोजनाले जनाएको छ । साथै विराटनगर, जनकपुर, काठमाडौँलगायतका दुग्ध आयोजनामा यसको उत्पादन बिक्रीका लागि पठाइन्छ ।

आयोजनाबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७४-७५ मा ६१ लाख ५०४ लिटर दूध सङ्कलन गरिएको थियो । जसमध्ये २९ लाख ९९ हजार लिटर अन्य आयोजनामा बिक्री गरिएको थियो ।

छब्बीस लाख ७६ हजार लिटर दूध अर्थात रु १७ करोड १९ लाख २५ हजारको दूध हेटौँडा, वीरगञ्ज र नारायणघाटमा बिक्री गरिएको थियो ।

साठ्ठी हजार लिटर दूध भण्डारण क्षमता रहेको सो आयोजनाको दूध सङ्कलनका लागि विभिन्न स्थानमा १९० बुथ, २१ डिलर र सात चिस्यान केन्द्र रहेको छ । साथै दूध खरीदबापत २० हजार कृषक परिवार लाभान्वित भएको आयोजना प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

सम्बन्धित

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com