
पोखरा , २८ मङ्सिर । पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको ¥याफटिङ र कायाकिङ खेललाई प्रवद्र्धन गर्न सरकारले चासो नदेखाउ“दा ब्यवसाय नै धरापमा पर्ने हो की भन्ने चिन्ता बढ्न थालेको छ ।
नदी खोलालाई प्रदुषित बनाउने खेलमा उल्टै सरकारका मान्छेहरु नै संलग्न भएका दृष्टान्तहरु सार्वजनिक भैरहेको छ । ¥याफटिङ सञ्चालन हुने विभिन्न नदी नालाहरुमा हाइड्रोपावर, अवैध रुपमा ढुंगा वालुवाको दोहन र नदीमा फोहोरजन्य बस्तुहरु मिसाउने क्रम बढ्दा ब्यवसायीहरु आफ्नो ब्यवसाय नै धरापमा पर्नेहो की भन्नेमा चिन्तित बनेका हुन ।
गण्डकी प्रदेशमा रहेको मस्र्याङदी, त्रिशुली, सेती, मादी, कालीगण्डकी लगायतका नदीहरुमा जथाभावी दोहन बढिरहेको छ । खोला नदीको प्राकृतिक बहावमाथि दोहन बढ्दै जांदा खोला नदी प्रदुषित बन्दै गएका छन् । जसका कारण सहासिक खेल ¥याफ्टिङ् प्रभावित हुन थालेको छ । अर्कोतिर सहासिक खेल हुने नदीमै केन्द्रीत विभिन्न हाइड्रोपावर निर्माण हुन थालेपछि ¥याफ्टिङ व्यवसाय नै धरापमा पर्न लागेको छ । एकातिर ¥याफटिङ सञ्चालन हुने घाटहरुमा निर्माण हुने हाइड्रोको ड्याम बढ्दै छन् भने अर्कोतिर अवैध रुपमा सञ्चालन हुने वालुवा र ढुंगा खानीका कारण आफुहरुको ब्यवशाय नै धरापमा परेको बताउ“छन् नेपाल एसोसियसन ¥याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष नीम मगर ।
नेपाल घुम्न आउने अधिकांस पर्यटकहरु साहासिक खेलकै लागि आउने भएकाले ¥याफ्टिङ, ट्रेकिङ, बन्जी जम्प, प्याराग्लाइडिङ जस्ता खेलकुदका गतिविधीलाई सरकारले प्राथमिकता दिनुपर्ने हो । तर, विकास निर्माणको नाममा ¥याफ्टिङ र कायाकिङ खेललाई सरकारले वेवास्ता गरेको छ । खेलकुदका गतिविधीहरुमा सरकारले सहयोग गर्ने गरेको भएतापनि ¥याफ्टिङ खेलमा कुनै पनि सहयोग नभएको गुनासो छ नेपाल एसोसियसन ¥याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष नीम मगरको । अव प्रदेश सरकारले ¥याफ्टिङ खेलका लागी कालीगण्डकी, मस्र्याङदी तथा सेती नदीमा ¥याफ्टिङ खेल स्थल तोकिदिनुपर्ने माग गरेका छन् अध्यक्ष मगरले ।
नेपालका विभिन्न नदी नालाहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एशोसियसन ¥याफ्टिङ एजेन्सीले प्रत्येक वर्ष फरक फरक नदीहरुमा कायाकिङ प्रतियोगिता समेत गर्दै आएको छ । सरकारको सहयोग बिना विभिन्न राष्ट्रका शाहसिक पर्यटकहरुको सहभागीता आफ्नो संस्थाबाट गराउने गरेको बताउ“छन् नाराका महासचिव चुडामणि अर्याल । यो वर्ष १७ औ संस्करणको ह्वाइट वाटर च्याम्पियनसिप कार्यक्रम सम्पन्न गरिसक्दा पनि सरकारले ब्यवशायीहरुलाई सहयोग गर्नुभन्दा पनि ब्यवशाय नै धरापमा पर्ने गरी नदी नालाहरुमा जथाभावी हाइड्रोपावर निर्माण अनुमति, र अवैध दोहनका कार्यक्रम बढाउंदै गएको आरोप लगाउछंन् महासचिव अर्याल । यसमा सम्बन्धित निकाय र ब्यवशायीहरु मिलेर बिकास संगै ¥याफ्टिङ खेलको समेत बिकास गर्नु पर्नेमा अर्यालको जोड छ ।
त्यसो त नदीनालामा ¥याफ्टिङ गर्दा सुरक्षा चुनौती उत्तिकै रहेको छ । ब्यवशायीहरु स्वयं आफैले पर्यटकहरुलाई सुरक्षित तवरबाट जल यात्रामा सहभागी गराउने गर्छन् । पर्यटनमा लगानी बढी मात्रामा रहेको भएतापनि सरकारले आफुहरुको ब्यवशाय र सुरक्षा प्रति ध्यान दिनुभन्दा खोलानाला नै बिक्री गर्ने गर्दा ब्यवशाय धरापमा परेको हो । व्यवसायीहरुले आफुहरु विकास विरोधी नभएको तर जलयात्रा ब्यवशाय नै धरापमा पर्ने गरी बिकासका कामहरु गर्न नहुने बताएका छन् । नेपालका सबै नदीहरु डम्पिङ साइडका रुपमा प्रयोग भइरह“दा जलयात्रामा आउने पर्यटकले नै नेपालको बारेमा नकारात्मक सन्देश पु¥याउने भएकाले यसप्रति सरकारले सोच्नुपर्ने बताउंछन् जलयात्रा ब्यवशायी चन्द्र आले ।
नदीहरु दुषित हुने क्रम वढ्दै गएपछि ब्यवशायीहरुनै नदी बचाउन अभियानमा लागेका पनि छन् । तर यसका लागि सरकारको सहयोगी आवश्यक पर्छ । अनिमात्र यस्ता अभियानले सार्थकता पाउंछ । हिमाल र नदी नालामा फोहोर गर्न नहुने शिक्षा प्रदान गर्न सरकारी तवरबाटै लाग्न आवश्यक देखिन्छ ।
पछिल्लो समय नेपालका नदी नालाहरुमा हाइड्रो पावर निर्माण र नदी दोहनको क्रियाकलापमा उच्च बृद्धि भएको छ । बजारमा बस्तीहरु बढ्दै जांदा नदीका किनार बिस्तारै बिस्तारै फोहर थुपार्ने ठाउ“ बन्दै गउका छन् । बिकास संगै जलयात्रा ब्यवशाय पनि सञ्चालन हुने वातावरण निर्माण गरी जथाभावी नदी दोहन र फोहोर फाल्ने क्रम रोकिएको खण्डमा जलयात्राको ब्यवसाय फस्टाउन सक्छ ।
नेपालका सबै ठूला नदीहरु हिमाली भेगबाट बग्छन् । यसकारण नेपालको जालयात्रा ¥याफ्टिङ र कायाकिङ विश्वभर चर्चित छ । विदेशी पर्यटकको रोजाईमा यसकारण नेपालको जलयात्रा पर्ने गर्छ ।
विश्वका १० वटा जल यात्रामा समावेश गरिएका नदी मध्ये ४ वटा नदी नेपालमै पर्छन् । नदीबाट हिमाल सजिलै अवलोकन गर्न सकिने भएकाले हिमालकै फेदीमा जलयात्रा गरेको अनुभव लिनकै लागी पनि विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन । नेपाली संस्कृति परम्परा र विदेशीलाइ गर्ने ब्यवहारका कारण पनि विदेशी पर्यटकहरु खुसी हुने गर्दछन । कास्कीको उपल्लो सेतीमा ¥याफ्टिङमा सहभागी फ्रान्सका पर्यटक रोबिनले नेपालका नदीहरु ¥याफ्टिङका लागी अतिनै उत्तम रहेको वताउंछन् । कुनै नदी बढी बहावमा वग्ने अत्यन्तै शाहसिक र कोही स्लो मोसनमा बहने भएकाले आफुले रोजेर नेपालका नदीमा ¥याफ्टिङ र कायाकिङ गर्न पाएकोमा उनले खुसी ब्यक्त गरेका छन् ।
त्यसो त नेपालको मस्र्याङदी , त्रिसुली र उपल्लो सेती शाहसिक जलयात्राका लागी गनिने नदीमा पर्छन् । जलयात्रा ब्यवशायीहरुले सेती, भेरी, कर्णाली, कालीगण्डकी लगायतका क्षेत्रमा कायाकिङ प्रतियोगिताहरुको आयोजना गर्दै आइरहेको सन्दर्भमा १७ औ संस्करणको कायाकिङ प्रतियोगित लम्जुङको मस्र्याङ्दी नदीमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा करिव एक सयको हाराहारिमा विदेशी मुलुकका पर्यटकहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागी महिला खेलाडी अष्टे«ेलियाका इसान्ड्राले नेपालका नदीहरु जलयात्राका लागि प्रचुर सम्भावना बोकेको बताईन् । आफुले विगत ५ वर्षदेखी नेपालका विभिन्न नदीहरुमा ¥याफ्टिङ र कायाकिङ गरिसकेको वताउदै नेपाली समुदाय र नेपालको प्रकृतिले शाहसिक खेललाई अगाडी वढाउन सक्ने विश्वास व्यक्त गरिन ।
मुलुक संघीयतामा गएसंगै स्थानीय तह अधिकार सम्पन्न भएकाले करको दायरालाई फराकिलो बनाएको छ । तरपनि करको मारमा पर्यटन ब्यवशायीहरु प्रत्यक्ष रुपमा परेका छन । ब्यवशायीहरुलाई संघीय सरकार र प्रदेश सरकार अनि स्थानीय निकायले कर उठाउ“दा निकै मारमा परेका छन् ।
¥याफटिङ र कायाकिङ खेललाई सााहसिक खेलको रुपमा चिनिन्छ । नेपालमा यो खेल लोकप्रिय पनि बन्दै गएको छ । ¥याफटिङ र कायाकिङको मज्जा लिनकै लागि विदेशीहरु नेपाल आउने गर्छन् । नेपालको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै ¥याफटिङ र कायाकिङ गर्न पाउंदा विदेशी पर्यटक हुरुक्कै हुन्छन् । ¥याफटिङ र कायाकिङ खेलमा नेपाली स्वयं पनि धेरै नै संलग्न हुन थालेका छन् । अर्थात, खेल पर्यटनका लागि ¥याफटिङ र कायाकिङ महत्वपूर्ण माध्यम बन्न थालेको छ ।
मुलुक संघीयतामा गएर स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय सरकारले भने अझैपनि आफ्नो अधिकारलाई पूर्ण रुपमा प्रयोग गर्न सकिरहेका छैनन । संघीय, प्रदेश र स्थानीय तहका कानुनहरु पूर्ण रुपमा बनी लागु हुन नसक्दा तीनै तहको सरकारले काम कारबाही अगाडि वढाउन नसकेको भने स्पस्ट देखिन्छ । यसरी हेर्दा सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि असफल हुने पो होकी भन्ने भन्ने शंका उपशंका समेत उब्जिन थालिसकेको छ ।
जलयात्राकै कुरा गर्ने हो भने लम्जुङ र गोर्खाको मध्य भाग भएर बहने मस्र्याङदी नदी ¥याफ्टिङ र कायाकिङका लागी लामो र राम्रो नदीका रुपमा चिनिन्छ । तर पछिल्लो समय मस्र्याङदीमा ३ वटा हाइड्रोपावरका लागी सर्वे भइरहेको छ, यसो भइरह“दा जलयात्रा पर्यटन ब्यवशायी त चिन्तित नै छनभने स्थानीय निकाय भने के गर्ने भन्नेमा अझै अन्यौलमा रहेको छ । लमजुङको बेसिशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालले आफुहरुले मस्र्याङदी नदीमा जलयात्रा गर्ने वा उर्जा उत्पादन गर्ने भन्नेमा अन्यौल रहेको बताउंछन् ।
स्थानीय तहलाई अधिकार प्राप्त भएपनि आफुले अहिले नै केही निर्णय गर्न नसक्ने अवस्थामा रहेको भन्दै नगरबासी संग छलफल गरेर नै निचोड निकाल्नुको विकल्प देखिदैन । मस्र्याङदी नदी पर्यटकको प्रचुर सम्भावना भएको नदी हो यहां पर्यटन आउ“दा नदीको प्रवद्र्धन संगै स्थानीय स्तरका जनताको जीवनस्तर माथी उठ्छ । तर मस्र्याङदीमा हाइड्रो पावर निर्माण गर्दा जनताले केही पाउदैनन । त्यसैले यस बारेमा सोच्नै पर्ने अवस्था आएको बताउंछन् मेयर अर्याल ।
नदीको उपयोगिताका बारेमा गण्डकी प्रदेश सरकार पनि अन्यौलमा छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह बीच प्राकृतिक स्रोतका विषयमा कैयौं कानुनहरु बाझिएका र यसलाई फुकाएर लैजान केही समय लाग्ने बताउ“छन् गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्साल । लम्सालले गण्डकी प्रदेशमा अझैपनि पर्यटन सम्भावीत क्षेत्रहरुको खोजीकार्य भइरहेको बताउदै सेती, मस्र्याङदी, त्रिसुली, कालीगण्डकी जस्ता नदीहरुमा जलयात्राको सम्भावना निकै रहेको बताए ।
नेपालको पर्यटनलाई विश्वसामु प्रवर्दद्धन गर्ने काम नेपाल पर्यटन वोर्डको हो । वोर्डले विशेष गरी नेपालको संस्कृति, प्रकृति र शाहसिक खेलकुद गतिविधीलाई नै विश्वमा फैलाउदै आएको छ । यसरी हेर्दा गण्डकी प्रदेश नेपालकै साहासिक खेलकुद गतिविधिको मुख्य थलोको रुपमा चिनिन्छ । पोखरामा आधा दर्जन साहासिक खेलकुदको गतिविधि भइरहेकाले बिकासको काम संगै जलयात्रा पर्यटनलाई समेत जोगाउदै लैजानुपर्ने नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख सूर्य थपलिया बताउ“छन् ।
गण्डकी प्रदेश साहसिक खेलकुद गतिविधीमा धनी भएकाले नदीमा सञ्चालन हुने ¥याफ्टिङ, कायाकिङ जस्ता शाहसिक खेलकुदको दायरालाई अझै फराकिलो बनाएर लैजानुपर्ने देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्