ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवालाई पर्खिँदा संवैधानिक परिषद बैठक लम्बियो, प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस


एबीसी न्यूज

फाईल फोटो
फाईल फोटो

काठमाडौं, २७ मंसिर । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो । अव उनको नाम संसदीय सुनुवाई समितिले पारित गरेपछि राष्टपतिले प्रमाणीकरण गर्ने प्राव्धान रहेको छ ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि  ५ पटक स्थगित भइसकेको संवैधानिक परिषद बिहान ९ बजे बोलाइएको बैठक आज एक घण्टा ढिलो शुरु भएको थियो ।

बुधबार बिहान ९ बजेको बैठकमा ढिला खबर भएको भन्दै देउवा नगएपछि अन्य सदस्यबीच छलफल भएर विहीबारका लागि सारिएको थियो । देउवा आज  सहभागी नभए प्रधानन्यायाधीशको नाम बहुमतका आधारमा सिफारिस गरिने परिषद स्रोतले जनाएको थियो ।

यो साता पटक–पटक बोलाइएका बैठकमा देउवा उपस्थित नभएपछि बहुमतका आधारमा प्रधानन्यायाधीशको सिफारिस गर्न सकिने सुझाव प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई निकटस्थ कानूनविदहरुले दिएका थिए ।

आगामी पुस १७ गते प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउँँदैछन् । आज पनि संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीश सिफारिस नगरेमा संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा पुस १७ सम्म पुग्ने र त्यसपछि दीपकराज जोशीलाई पुनः कामु प्रधानन्यायाधीश हुने बाटो खुल्ने छ । यसअघि नै संसदीय सुनुवाइबाट जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com