ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

प्रगतिशील प्यानलको एजेण्डा सहि र समय सान्दर्भिक भएको हुदाँ जीत शुनिश्चित – प्रदिप अधिकारी ( प्रदेश ३ का सचिवका उम्मेदवार)


एबीसी न्यूज
मंसिर २५, २०७५ मंगलबार  १ : ०९ बजे


काठमाडौं, २५ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औ केन्द्रीय कार्यकारिणी र देश संघीयतामा प्रवेश गरेसंगसंगै सात वटै प्रदेशहरुकोप्रथम कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुंदैछ ।

यतिखेर इन्जिनियरिङ्ग क्षेत्रमा ब्यापक सुधार , समृद्घ नेपाल बनाउने अठोटका साथ दुईवटा मुख्य दुई राजनीतिक दलसंग सम्बद्घ प्रजातान्त्रिक र प्रगतिशील समूहका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउंदै पेशागत क्षमता अभिवृद्घि, रोजगार प्रवद्र्घन, गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा, आम इन्जिनियरहरुको हक, हीतको संरक्षण, नीतिगत सुधार, सहकार्य एवं समन्वय र सम्मान तथा उत्प्रेरणा दिने प्रतिवद्घता सहित प्रगतिशील समूह चुनावी मैदानमा उत्रिएको हो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा ऐतिहासिक महत्व बोकेको यस निर्वाचनमा केन्द्रमा १८ जना र प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समितिका लागि सदस्य समेत समावेश गरि) रहने प्राब्धान रहेको छ

यसै गरि प्रदेश ३ का नन्दलाल बन्जाडेको नेतृत्वमा प्रदेश सचिवमा नेशनल कलेजल अफ इन्जिनियरिङ्गमा विभागिय प्रमुखमा कार्यरत तथा कार्यवहाक प्रिन्सपल तथा विभिन्न टेलिभिजनहरुमा व्रोकाष्ट इन्जीनियर भई कार्य गनुभएका प्रदिप अधिकारीले सचिव पदमा आफ्नो उम्मेदवारी दिनुभएको छ । उहाँले आफ्नो प्यानलको एजेण्डा सहि र समय सान्दर्भिक रहेको हुदा सम्पुर्ण इन्जीनियरहरुले आफ्नो प्यानलमा भोट गर्ने बताउनुभयो ।

प्रगतिशील समूहले आम इन्जिनियरहरुको हक, हीतको संरक्षणका लागि नेईएलाई इन्जिनियरहरुको पेशागत हक हीत को सशक्त संरक्षक संस्थाको रुपमा विकास गरिने,  इन्जिनियरको हीतमा श्रम ऐनको सफल कार्यान्वयन गरिने,  सरकारी र नीजि क्षेत्रहरुमा कार्यरत इन्जिनियरहरुको न्यूनतम सुबिधा हनन् हुननदिने र वृत्ति विकासका अवसर प्रदान गरिने सम्बन्धि विद्यमान नीति नियमको कार्यान्वयनमा कडाईका साथ अनुगमन गरिने ।

नेइए सदस्यहरुको अनिवार्य सामुहिक बीमा योजनाको प्रतिवद्घता व्यक्त गर्नु इन्जिनियरीङ्ग क्षेत्रकै नमूनाको रुपमा लिन सकिन्छ त्यसैगरी पेशागत क्षमता अभिवृद्घि अन्तर्गत इन्जिनियरिङ्ग स्टाफ कलेज स्थापना गरिने महत्वाकांक्षी योजना अघि सार्नुका साथै डिभाइन अटोमेसनको प्रविधिलाई प्रोत्साहन गर्ने, विज्ञ इन्जिनियरहरुलाई विकास निर्माणमा नेतृत्वदायी भूमिकाका लागि हस्तक्षेपकारी पहल गरिने, विज्ञान, प्रविधि र अनुभव हस्तान्तरणमा बिशेष जोड दिने बताएको छ ।

प्रगतिशल समूहले आफ्नो प्रतिवद्घतापत्रमा इन्जिनियरहरुका लागि रोजगार प्रवद्र्घन, गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षाका अलावा इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउंदै नीतिगत सुधार गर्ने प्रतिवद्घता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com