ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दण्डहीनताको अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको दावी


एबीसी न्यूज
मंसिर २५, २०७५ मंगलबार  ७ : ३९ बजे


काठमाडौं, २५ मंसिर । ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवस विश्व भर विभिन्न कार्यक्रम गरी मनाइएको छ । घोषणपत्रको पक्ष राष्ट्र नेपालले पनि विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाए ।

अधिकार प्राप्तिको लडाईको ६९ औ वर्ष पुरा भए तर मुलुकमा अझै पनि दण्डहिनता व्याप्त छ । सरकार आफ्नो नागरिकको अधिकारको अनुभति गराउन सदा प्रतिवद्ध रहेका दावी गर्छन । नेपालको सन्दर्भमा मानव अधिकारका क्षेत्रमा धेरै उपलब्धिहरु भएका छन । कार्यन्वयनमा प्रभावकारिताको खा“चो रहेको सरोकारवाला निकायको गुनासो छ ।

सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसघबाट मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित भएसंगै सन् १९५० देखि डिसेम्बर १० लाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रूपमा मनाउने थालेको ६९ वर्ष पुरा भएको छ । यो वर्ष ‘समानता, न्याय र मानव सम्मानका लागि उभिउ“’ भन्ने नारा सहित नेपाल संगै विश्वभर ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । घोषणापत्रको धारा १ मा ‘सबै मानिस स्वतन्त्र रूपमा जन्मिएका हुन्छन, सबैको मर्यादा र अधिकार समान हुन्छ’ भनिएको छ । मानव अधिकार व्यक्तिका लागि स्वतन्त्रता, न्याय, समाजको स्थायित्व र समग्र मानव समुदायको विकासस“ग सम्बन्धित छ ।

घोषणपत्रको पक्ष राष्ट्र नेपाल मानव अधिकारसम्बन्धी अन्तराष्ट्रिय दस्तावेजमा व्यवस्था भएका विषय एवं व्यक्तिको नैसर्गिक मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्नकै लागि नेपालको संविधानको धारा १६ देखि ४६ सम्म मौलिक हकको व्यवस्था गर्दै ३१ वटा मौलिक हकको प्रत्याभूति समेत गराएको छ । त्यसका साथै समावेशी लोकतन्त्र, पिछडिएका र सीमान्तकृत समुदायको न्यायोचित विकास जस्ता विविध पक्षहरुलाई सरकारले दर्जन बढि आयोगहरु बनाएर काम पनि गरिरहेको छ । तर यी सबै पक्ष्ँमा कार्यन्वयनको प्रभावकारीता शुन्य जस्तै छ ।

वि.सं २०६३ मंसिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतासंगै लामो राजनितीक द्धन्द्धबाट उम्किएका नेपालीले अझै शान्ति श्वास फेर्न पाएको छैन या भनौ नागरिकले अझै पूर्ण रुपमा आफ्नो अधिकारको प्रयोग गर्न पाएका छैनन् । यसको गतिलो उदाहरण पछिल्लो समय बढ्दै गएको विभिन्न अपराधिक घटना र यसमा सरकारले देखाएको शिथिलतालाई लिन सकिन्छ । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनका घटनामा सरकारलाई बारम्बार ध्यानर्षण गराउंदै आए पनि कार्वाही भएको छैन ।
मानवअधिकारका पक्षमा रहेका जति संन्धिमा हस्तक्षर गरे पनि सन्धि बमोजिम कार्यन्वयन नभएसम्म अर्थ नरहने अधिकारकर्मी बताउंछन् ।

विगत भन्दा मानव अधिकारको क्षेत्रमा केहि फड्को मारेको छ । तर पनि समाजमा अझै पनि विभिन्न हिंसाको घटना र सामाजिक विकृति व्याप्त छ । नीतिमा परिवर्तन भए पनि व्यवहारमा परिवर्तन आउन नसकेको संयुतm राष्ट्रसंघको विश्लेषण छ । संघीय सरकारको ध्यान जान सके यी विषयमा पनि परिवर्तन सम्भव भएको बताउछिन संयुतm राष्ट्रसंघका नेपाल संयोजक वालेरी जुलीयन्ड ।

दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार मानव अधिकार प्राप्ति र अनुभुतिका लागि आफुहरु सदा प्रतिवद्ध रहेको दावी गर्छन । प्रधानमन्त्री के.पि शर्मा ओलीले मुलुकमा भइरहेको दण्डहिनताको अन्त्य लागि सरकार सदा प्रतिवद्ध रहेका बताएका छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा मात्र २ हजार भन्दा बढि महिला तथा बालबालिका यौन हिंसाको सिकार भएका छन । दुई सय भन्दा बढि नागरिक मानव तस्करको फन्दामा परे । द्धन्दका समयमा राज्य पक्ष र विद्रोही पक्षबाट वेपत्ता पारेका ३ हजार १ सय ९७ वेपत्ता मध्ये १ हजार ५ सय ३० ले मात्र राहत पाएका छन् ।

यी त केहि संकलित चित्र मात्र हुन् । सुदर पश्चिमका पहाडी जिल्लाका छोरीचेली छाउपडिको पिडामा छन्, हजारौ निर्मला न्यायको खोजीमा भौतारी रहेका छन । दैनिक हरेक मानिस विभिन्न तवरबाट पिडित भइरहेका छन् । त्यसैले सरकारको प्रतिवद्धता र नागरिक समाजको कथित उपलब्धिहरु आम नागरिकको दैनिकीमा प्रभाव पार्न सक्नु पर्दछ अधिकारको अनुभुति गराउन सक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com