बुटवल, २१ मंसिर।
रुपन्देहीको देवदहमा ५ जनाको समुहले ५ बर्षिय बालिकामाथि बलात्कारको प्रयास गरेको छ ।
देवदह नगरपालिका वडानम्वर ५ सिता कलोनीमा आज साझ बालिकामाथि ५ जनाको समुहले बलात्कारको प्रयास गरेका थिए । घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीले शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार बालिकालाई उपचारका लागि लम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको र प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । गरीव परिवारकी बालिकालाई प्रलोभनमा पारि घरबाट बाहिर लगेर बलात्कारको प्रयास गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन । पिडीत बालिकाकी आमा सुत्केरी भएर माइत गएको र बुवा समेत घरमा नरहेको बेला हजुर वुवा र हजुर आमाले नातीनि नदेखेपछी खोज्दै जादा घरदेखि केही टाढा घाइते अवस्थामा भेटाएका थिए । बालिका भेटिएको नजिकै शकास्पद केही व्यक्तिको समुह समेत देखिएको स्थानीयबासीले बताएकाछन् । देवदह नगरपालिकाका प्रमुख हिरा केसीले घटनामा संलग्न ४ जना पक्राउ परि सकेको जानकारी दिनु भयो । एबिसी संग प्रतिक्रिया दिंदै नगर प्रमुख केसीले अपराधीका जात, धर्म र सम्प्रदाय नहुने भएकाले कोहि कसैले नाता सम्बन्धका आधारमा अपराधीको पक्षमा नबोल्न आग्रह गर्नुभयो । देवदह प्रहरी चौकीका ईन्चार्ज भरत थापाले पक्राउ परेकाले दिएको बयानको आधारमा देवदहकै जीवन खत्रीलाई पक्राउ गरेको बताए। खत्री भाग्दै गरेको अवस्थामा देवदहको दाउन्नेबाट पक्राउ परेको थापाले जानकारी दिनुभयो । पक्राउ परेकाहरूमा देवदह वडा नम्बर ५ का राजु परियार, बोधे विक, दिनेश विक र देवदहकै जीवन खत्री छन्।







प्रतिक्रिया दिनुहोस्