ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ वर्षदेखि अलपत्र भू–उपयोग नक्सा निर्माण सम्पन्न


admin
आश्विन २, २०७४ सोमबार   ३ : ५०   बजे

काठमाडौँ, २ असोज ।  भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन ।

विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो । आयोजना स्थापना भएको एक दशकपछि मात्र नक्सांकन शुरु भयो । १७ वर्षमा तराईका २० जिल्लाको मात्र नक्सा तयार भएको छ । आवश्यक मात्रामा बजेटको अभावमा काम गर्न अप्ठ्यारो भएको आयोजना प्रमुख प्रकाश जोशीले बताउनुभयो ।

“बजेटकै अभावमा आर्थिक वर्ष २०६७÷६८ मा २५, आव २०६८÷६९ मा २४, आव २०६९÷७० मा १२६, आव २०७०÷७१ मा ७७, आव २०७१÷७२ मा १४३, आव २०७२÷७३ मा १७७ र आव २०७३÷७४ मा ८२६ स्थानीय निकायको नक्सांकन गरिएको छ, सरकारले आवश्यक मात्रामा बजेट दिए एकै वर्षमा सातै प्रदेशको नक्सांकन सक्छौँ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी पुण्यविक्रम पौडेल आव २०७२÷७३ मा रु २५ करोड, आव २०७३÷७४ मा रु ६० करोड र चालू आव २०७४÷७५ मा रु ७० करोडको हाराहारीमा बजेट विनियोजन गरिएको बताउनुहुन्छ । यसअघिका वर्षमा प्राथमिकता अन्य क्षेत्रमा भएकाले पर्याप्त बजेट भू–उपयोग नक्सांकनमा विनियोजन गर्न नसकिएको मन्त्रालयले जनाएको छ । गत आवमा बजेट बढाइएकाले तराईका २० जिल्लाको भू–उपयोग नक्सा तयार भयो ।

राष्ट्रको समग्र भूमिलाई विभिन्न भू–उपयोगका क्षेत्रमा वर्गीकरण गर्ने, संघ, प्रदेश र स्थानीय तहगत भूू–उपयोग योजना तर्जुमा गर्ने, कृषि भूमिको संरक्षण, स्वच्छ, सुन्दर, सुविधासम्पन्न सुरक्षित बस्ती विकास र दिगो योजनाबद्ध सहरीकरण, वन क्षेत्र, प्राकृतिक सम्पदा, जैविक विविधता एवं सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्रको संरक्षणका लागि भू–उपयोग योजनाका आधारमा भूमि तथा भूमि स्रोतको उपयोग सुनिश्चित गर्ने उद्देश्यले आयोजनाको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group