
काठमाडौं, २१ मंसिर । बैंक तथा वित्तीय संस्थाका निक्षेप संकलनमा बलियो आधार नहुदा बैंकहरुमा लगानी योग्य पुंजीको अभाव देखिरहेको छ । बैकहरुमा कर्जाको माग दिन प्रतिदिन बढीरहेको तर निक्षेप बढ्न नसकेपछि बैकिङ तरलाको समस्या विगत ३ वर्षदेखि नै आइरहेको छ । कर्जाको माग अनुसार पुंजी निमार्ण हुन नसक्दा हरेक वर्ष बैकहरु तरलाको सिकार हुदै आएका छन् ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा पछिल्ला केही वर्ष लगानीयोग्य पुंजी अभाव हुदै आएको छ । बंैकिङ तरलताको कारण बैकहरुमा लगानीको रकमको अभावको भइरहेको छ । जसका कारण, बिगत तीन वर्ष यता बैकिङ क्षेत्र तरलाको कारण समस्या पर्दै आएको छ ।
केही बाणिज्य बैकहरुले आफनो लगानीको रेसियो सीसिडी ८० प्रतिशत भन्दा पनि बढि लगानी गर्ने तर निक्षेप संकलनमा बृद्धि गर्न नसक्दा बैकिङ तरलताको समस्या झेल्नु परिरहेको छ । लगानीयोग्य पुंजी अभावको सम्बन्धमा कर्जा, निक्षेप तथा कोर पुंजीको अनुपात (सीसीडी रेसियो) ७७ देखि ७८ प्रतिशत हाराहारीमा देखिदै आएको छ । बाणिज्य बैकहरु अहिले निक्षेपको आधार नबढाइ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
अहिले २८ वटा बैंकमध्ये केही बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा माथि पुगेको छ । राष्ट्र बैकले यी बैकहरुलाई सचेत समेत गराईरहेको छ । राष्ट्र बैकले लगानीयोग्य पुंजी अभाव हुन नदिन मौद्रिक नीतिबाट सम्बोधन गरेपनि तीन वर्षदेखि लगानी योग्य पुंजीको अभाव हुदै आएको छ ।
राष्ट्र बैकका अनुसार बैंकहरूले कर्जा विस्तारमा संयमित भएर लगानी नगर्दा तरलताको अवस्था आएको जनाएको छ । तर नियमन निकाय भएकोले राष्ट्र बैकले सम्बन्धित बैंक तथा वित्तीय संस्था संयमता अपनाउन भनेपनि कारवाही गर्न सकेको छैन । निक्षेप र कर्जा चक्रिय प्रणाली भएको हुनाले एक दुईदिनमा घटबढ भए पनि प्राथमिक पुजी भने तत्काल बढाउन सम्भव देखिएको छैन । पछिल्लो समय निक्षेप र कर्जा विस्तारमा तालमेल नमिल्दा समस्या आइरहेको राष्ट्र बैकले जनाएको छ ।
राष्ट्र बैक अहिले देखिएको लगानीयोग्य पुजीलाई व्यवस्थित गर्ने सीसीडी कसी लगाउने योजना गरिहेको छ । अहिले पनि बैकहरुको लगानी रियल स्टेट र स्टक मार्केट फसेको अवस्था छ जसको कारण निक्षेप बढ्न सकिरहेको छौन ।
राष्ट्र बैकका अनुसार लगानीयोग्य पुंजी चक्रीय प्रणाली भएकोले कहिले सहज हुन्छ, कहिले असहज हुन्छ । सुपरीवेक्षक निकायको काम अर्थतन्त्रको प्रणाली र तरलताको अवस्थालाई सही ठाउमा राख्ने र व्यवस्थापन गर्नका लागि राष्ट्र बैकले अनुगमन गर्दै आएको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्