ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याकाण्डको अनुसन्धान साँघुरिँदै कञ्चनपुरबाट थप २ युवक पक्राउ, अनुसन्धानका लागि काठमाडौं ल्याइयो


एबीसी न्यूज
मंसिर २०, २०७५ बिहीबार  ६ : २१ बजे


काठमाडौं,२० मङसिर ।  कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नताको आरोपमा थप दुईजना पक्राउ परेका छन् । कञ्चनपर प्रहरीले उनीहरु पक्राउ गरेपनि पहिचान भने गोप्य राखेको छ ।

स्रोतका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि आज काठमाडौं ल्याइएको छ । उनीहरुमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को काठमाडौंस्थित टोलीले अनुसन्धान थाल्नेछ । यद्यपी कञ्चनपुर प्रहरीले भने कसैलाई पक्राउ नगरेको दाबी गरेको छ ।

“केही शंकास्पद गतिविधिका कारण उनीहरुलाई पक्राउ गरिएको हो । अहिले नै उनीहरुको विषयमा थप अन्य कुरा आएका छैनन्,” यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले  बुधबार काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई पक्राउ गरेको थियो ।

रावल लागुऔषध प्रयोगकर्ता र यसअघि पनि अपराधिक पृष्ठभूमिमा संलग्न रहेका युवा भएको बताइएको छ । केही समयसम्म भारतमा बसेका रावल ५ दिनअघि मात्रै काठमाडौं आएको बेला प्रहरीले पक्राउ गरेको हो । उनलाई सीआईबीले आफ्नै हिरासत कक्षमा राखेर अनुसन्धान गरिरहेको छ । रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं, दैनिक रुपमा शंकास्पद व्यक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन्,’’ एसपी कडायतले भने । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले निर्मला हत्याकाण्डको अनुसन्धान साँघुरिँदै गएको बताए । रावलको  डीएनए रिपोर्ट शुक्रबारसम्म आउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com