ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याकाण्डको अनुसन्धान साँघुरिँदै कञ्चनपुरबाट थप २ युवक पक्राउ, अनुसन्धानका लागि काठमाडौं ल्याइयो


एबीसी न्यूज


काठमाडौं,२० मङसिर ।  कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नताको आरोपमा थप दुईजना पक्राउ परेका छन् । कञ्चनपर प्रहरीले उनीहरु पक्राउ गरेपनि पहिचान भने गोप्य राखेको छ ।

स्रोतका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि आज काठमाडौं ल्याइएको छ । उनीहरुमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को काठमाडौंस्थित टोलीले अनुसन्धान थाल्नेछ । यद्यपी कञ्चनपुर प्रहरीले भने कसैलाई पक्राउ नगरेको दाबी गरेको छ ।

“केही शंकास्पद गतिविधिका कारण उनीहरुलाई पक्राउ गरिएको हो । अहिले नै उनीहरुको विषयमा थप अन्य कुरा आएका छैनन्,” यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले  बुधबार काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई पक्राउ गरेको थियो ।

रावल लागुऔषध प्रयोगकर्ता र यसअघि पनि अपराधिक पृष्ठभूमिमा संलग्न रहेका युवा भएको बताइएको छ । केही समयसम्म भारतमा बसेका रावल ५ दिनअघि मात्रै काठमाडौं आएको बेला प्रहरीले पक्राउ गरेको हो । उनलाई सीआईबीले आफ्नै हिरासत कक्षमा राखेर अनुसन्धान गरिरहेको छ । रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं, दैनिक रुपमा शंकास्पद व्यक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन्,’’ एसपी कडायतले भने । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले निर्मला हत्याकाण्डको अनुसन्धान साँघुरिँदै गएको बताए । रावलको  डीएनए रिपोर्ट शुक्रबारसम्म आउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com