ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्ने : मन्त्री अधिकारी


एबीसी न्यूज

काठमाडौँ, १९ मङ्सिर ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ ।

हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।” सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उहाँले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राख्नुभयो ।

हेलिकप्टर सोसाइटी स्थापना 

हेलिकप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले हेलिकप्टर सोसाइटी अफ नेपाल स्थापना गरिएको छ । सो संस्थाले हेलिकप्टर क्षेत्रमा आइपर्ने विभिन्न समस्याका समाधान गर्न नियामक निकायको सहयोग र समन्वयमा काम गर्ने जनाएको छ ।

सोसाइटीको उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले व्यावसायिक उड्डयन सुरक्षा अभिवृद्धि गर्न सङ्गठनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । भौगोलिक अवस्थितिले नै नेपालमा हेलिकप्टरको औचित्यलाई पुष्टि गरेको उल्लेख गर्दै उहाँले यसैलाई मध्यनजर गरी सरकारले देशभरका स्थानीय तहमा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको र यसलाई सार्थक तुल्याउन व्यवसायीको सक्रियता चाहिने बताउनुभयो । असोज २२ गते विधिवत रूपमा दर्ता भएको हेलिकप्टर सोसाइटीको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा अध्यक्ष हुनुहुन्छ । थापासहितका १० हेलिकप्टर कम्पनी संस्थामा आवद्ध छन् । उड्डयन क्षेत्रमा यसअघिको नेपाल वायु सेवा सञ्चालक सङ्घ पनि सक्रिय छ । नेपालमा आन्तरिक उडानका लागि हेलिकप्टरसहित २० वायु सेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन् ।

पुराना पाइलट सम्मानित 

सोसाइटीले नेपालको उड्डयन क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ । नेपालकै पहिलो हेलिकप्टर पाइलटतर्फ क्याप्टेन रवीन्द्रप्रसाद प्रधान, वायुयान मर्मततर्फ पूर्व ब्रिगेडियर जनरलद्घय पुष्पबहादुर केसी र गुञ्जमान लामा, क्याप्टेन विकास जेबी राणालाई सम्मान गरियो । त्यसैगरी इञ्जिनीयरतर्फ महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ, विष्णु बस्नेतलाई सम्मान गरिएको छ भने फ्लाइट अपरेशन अधिकृत (डिस्प्याचर्स) तर्फ भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर नारायणबहादुर सिंह डङ्गोललाई सम्मान गरिएको छ । कार्यक्रममा क्याप्टेन थापाले हेलिकप्टर क्षेत्रले भोगेको विभिन्न समस्याको निकारण गर्न सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा सोसाइटी सधैँ सरोकारवालासँगको सहयोगीको भूमिकाका साथ सहकार्य गर्न तत्पर रहनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com