ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस आज


एबीसी न्यूज
मंसिर १९, २०७५ बुधबार  ८ : ०५ बजे

काठमाडौं , १९ मङ्सिर ।

एउटा मान्छेको मायाले कति फरक पर्दछ जीन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा

स्वर सम्राट नारायण गोपाल भौतिक रुपमा संगीतप्रेमीहरुमांझ नरहे पनि उनका कालजयी आवाजहरुले हरेक संगीतका पारखीहरुलाई नारायाण गोपालको स्मरण गर्न बाध्य बनाउ“छ । स्वर सम्राट गोपाल भौतिक रुपमा देवशान भएको २८ वर्ष भइसकेपनि उनका स्वर आज पनि उत्तिकै लोकप्रिय छ ।

नेपाली गीत, संगीत क्षेत्रका शिखर पुरुष नारायाण गोपालको २८ वर्ष अघि २०४७ साल मंसीर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपाल सांगितिक क्षेत्रका सर्वाधिक सफल एक गायक पनि हुन, त्यसैले नारायाण गोपाल भौतिक रुपमा संगीतप्रेमीहरुसंग नरहे पनि उनका कालजयी आवाजहरुले हरेक संगीतका पारखीहरुलाई नारायाण गोपालको स्मरण गराउछ । एउटा मान्छेको मायाले, मत लाली गुरास भएछु , मलाई नसोध कहा दुख्छ घाउ , मोहनी लाग्ला है, केहि मीठो बात गर , यो सम्झीने मन छ , जस्ता सयौं कालजयी गीतमा आवाज भरेर सबै सर्जक र श्रष्टाको मन मुटुमा बस्न सफल स्वर सम्राट नारायाण गोपाललाई राष्ट्रकवि माधव प्रसाद घिमिरेले यसरी सम्झीए ।

बुबा सितार बादक आशा गोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सुपुत्रको रुपमा नारायण गोपाल विक्रम सम्बत १९९६ असोज १८ गते वुधवार काठमाण्डौमा जन्मिएका थिए । अजम्वरी गीत÷संगीतमा सदा स्मरणीय रहेका गुणशाली तथा ख्यातिप्राप्त गायक÷संगीतकार नारायण गोपालले स्वरसम्राटको उपाधि जनस्तरबाट नै पाएका थिए ।

नारायण गोपालले लोकशैली नलिई शास्त्रीयतामा आधारित आधुनिक गीतको शुरूवात गरेका थिए । नेपाली आधुनिक सांगीतिक जगतमा नारायण गोपालको प्रवेश भएपछि गीत, संगीतको स्वर्णिम युगको शुरूआत भएको मानिन्छ ।

नारायण गोपालले आफनो लागी मात्रै नभई अरुको लागि पनि संगीत गर्नुभएको इतिहास साक्षि छ । राष्ट्रीयता र राष्ट्रीय पोशाकका पक्षपाति नारायण गोपालको २०२६ सालमा दार्जलिङकी पेमला लामासंग अन्र्तजातिय विवाह भएको थियो ।

नेपाली गीतसंगीत जगतमा नारायण गोपाललाई सदावहार गायक रुपमा आज पनि लिने गरिन्छ । उनका गीत सबै उमेरका मानिसहरुले उत्तिकै मन पराउने गर्दछन् ।

यो सम्झीने मन छ म बिर्सू कसरी
तिमी नै भनीदेउ हे जाने निष्ठुरी ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com