
काठमाडौँ, १८ मंसिर । सरकारले लोकसेवा आयोगको सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदले निजामती कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अध्यादेश कार्यान्वयनमा आउनेछ ।
त्यो सँगै निजामती सेवाका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरी कूल १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरू हुनेछ ।
यसअघि अध्यादेश मस्यौदामा रहेको श्रेणीगत र तहगत समायोजनमध्ये कुनै एउटाका आधारमा समायोजन गरिनुपर्ने विषय अध्यादेशमा परेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्