ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दुश्मन भारत र पाकिस्तानबीच अचम्मको सडक सहमति (भिडियोसहित)


एबीसी न्यूज
मंसिर १७, २०७५ सोमबार  ७ : ४९ बजे


काठमाडौं , १७ मंसिर ।
दक्षिण एसियामा भारत र पाकिस्तानको नाम चरम शत्रु देशका रुपमा आउने गर्छ । १९४७ मा इस्ट इण्डिया कम्पनीबाट स्वतन्त्रता पाएसगै भारत र पाकिस्तान विच विभाजन भएको थियो । कस्मीर क्षेत्रको कारण विवादमा आइरहने यी दुइ देशहरुबीच पछिल्लो समय भएको करतारपुर करिडोरको निर्माणले सुधार्न पहिलो पाइला बन्नेमा आशाबादी बन्न सकिन्छ ।

दुइ शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वबाट प्रत्यक्ष या परोक्ष रुपमा दक्षिणा एसिया मात्र नभएर सिंगो विश्व नै प्रभावित छ । भारतीय उपमहाद्वीपको विभाजन समयदेखि नै भारत र पाकिस्तानबीच उत्पन्न युद्ध र हिंसा समाधान हुने त कता हो कता झन बढ्दै गएको छ । ७१ वर्षदेखिको मनमुटावले करोडौं भारतीय र पाकिस्तानी नागरिकको मन मात्र होइन, भावना समेत टुक्रा टुक्रा पारेको छ ।

कुनै समय एउटै मुलुक रहेका भारत र पाकिस्तानमा बस्ने लाखौं नागरिकको धर्म, संस्कृति र भाषा समेत विभाजनको शिकार भएको छ । यो द्वन्द्व आजका दिनसम्म आईपुग्दा दुई मुलुकबीचको सम्बन्ध त्यहांका राजनीतिक दल र कर्मचारीतन्त्रका लागि राजनीतिक व्यापारको मुद्दा बनेको छ । आणविक शक्ति सम्पन्न दक्षिण एसियाका यी दुई शक्तिशाली राष्ट्रहरु आफैमा आतङ्कबाद र अतिवादको चपेटामा छन् । देश बीचको मनमुटाव र असमन्वयकै कारण दक्षिण एसियाली सहयोग संगठन सार्कको पाकिस्तानमा हुने भनिएको १९ औं सम्मेलन अझै हुन सकिरहेको छैन् ।

भारतमा सन् २०१९ मा लोक सभा निर्वाचन हुंदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक राष्ट्रवादको व्यापार अहिले भारतीय बजारमा जवरजस्त छ । पाकिस्तानमा केही महिना अघिसम्पन्न भएको निर्वाचनबाट पूर्वक्रिकेटर इमरान खानको नेतृत्वको सरकार बनेको छ । खान प्रधानमन्त्री हुने निश्चित भएसंगै उनले सातदशकदेखि भारतसंग रहेको द्वन्द्व समाधान गर्न वार्ताको प्रस्ताव गरे ।

प्रधानमन्त्रीको सपथ ग्रहणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरे । तर, मोदी त गएनन्, भारत पञ्जावका एक मन्त्री एवं उनका क्रिकेट साथी नवजोतसिंह सिद्धु सहभागी भए । पाकिस्तानी प्रधानमन्त्री खानले संयुक्त राष्ट्र संघको महासभाको समयमा भएको सार्कसम्बन्धी छलफलमा भारतसंग फेरि मित्रताको हात फैलाउन खोजे । यद्यपी, भारतले त्यसलाई पनि नकार्यो । तर, विगत केही दिनअघि देखि भने भारत र पाकिस्तानबीच फेरि अचम्मैको सहमति देखिएको छ ।

इमरान खानले आफ्नो १०० दिन पार गर्दैंगर्दा भारतसंग मित्रताका लागि फेरि अर्को प्रयास गरे । निर्वाचनमा राष्ट्रवादको मुद्दा बिकाउनकै लागि भारतीय नेताहरुलाई पाकिस्तानी प्रस्ताव अस्वीकार्य भए पनि पञ्जाव राज्यका सिख समुदायको मन जित्नका लागि भने त्यो प्रस्ताव भारतका लागि जवरजस्त स्वीकार्य जस्तै देखियो ।

भारत र पाकिस्तानको सम्वन्धमा पछिल्लो समय भएको उल्लेखनिय सुधार गराउने त्यो काम थियो भारतीय सीमा नजिकै पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको करतारपुर गुरुद्वारा । सिख समुदायको अति पवित्र स्थलको रुपमा करतारपुर गुरुद्वारालाई लिइन्छ । देश विभाजनका कारण अहिलेसम्म करतारपुर जान नपाएका भारतीय सिखहरु यसबाट अति खुशी भएका छन् ।

भारत पाकिस्तान सीमाको छेउमा पर्ने पाकिस्तानको एउटा गाउ“ भए पनि यतिमात्र परिचय करतारपुरका लागि कम हुन जान्छ । विश्वभरका सिख समुदायहरुका लागि पवित्र धार्मीक स्थल भएकै कारण करतारपुर पहुंचको माग दशकौं पहिल्यैदेखि भएको थियो ।
भारतको गुरुदासपुर बोर्डरबाट मात्र ३ किलोमिटरको दुरीमा छ ।

तर, करतारपुर गुरुद्वारसँग भारतका सिखहरुको भावनात्मक यति जोडिएको छ की उनीहरु दुरविनको सहायताले गुरुद्वार हेर्ने गर्थे । त्यसो त भारतीय सिखहरुले सरकार समक्ष सीमा पारिको गुरुद्वार विना भिसा जान पाउनुपर्ने माग राख्दै आएका थिए । करतारपुर सिखहरुको लागि मात्र होइन होइन यो ठाउँ मुस्लिम समुदायको पनि आस्थाको केन्द्र हो ।

सिख समुदायको धर्मगुरु गुरु नानकले आफ्नो जीवनको अन्तिम १६ वर्ष त्यही ठाउँमा विताइ देह त्याग गरेकाले पनि करतारपुर सिख समुदायका लागि महत्व राख्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोभेम्बर २८ तारिकमा गरेको करिडोर सिलान्यासका क्रममा भारतको पञ्जाव सरकारका मन्त्री नवोजिद सिद्दु पनि उपस्थित भएका थिए । सिलान्यासका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सिखहरुले गुरुद्वारको दर्शन गर्नपाउदा आफूले खुसी महसुस गरेको बताएका थिए ।

सँधै कुनै न कुनै रुपमा एक अर्काको बिरुद्धमा उभिने भारत र पाकिस्तान बीच कुनै पनि सकारात्मक सम्वन्ध जोडिनु दुई मुलुकबीचको चिसोसम्बन्धलाई न्यानो बनाउने अति सानो अंश बन्न सक्छ ।

तर, यो प्रयास भारत र पाकिस्तानका लागि मात्र नभै सिंगो दक्षिण एशियाका लागि पनि सकारात्मक विषय हो । धर्म,संस्कृतीको माध्यमबाट नै सही, पाकिस्तान र भारत कतै न कतै जोडिएका छन् । करतारपुर करिडोर सँगै भारत पाकिस्तान विवादित क्षेत्र कस्मीरमा रहेको सारदा पीठमा पनि आवतजावतको अवस्था सिर्जना हुनुपर्ने धारणाहरु उठ्दै गएको छ । यदि दुवै पक्षले यसलाई अनावश्यक राजनीतिकरण नगरी सकारात्मक रुपमा लिएर अघि बढ्ने हो भने दक्षिण एसिया त लाभान्वित हुन्थ्यो नै विश्वसमुदायमा नै यो एक उदाहरण बन्न सक्थ्यो ।

https://www.youtube.com/watch?v=y-_MigYvzGY

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com