ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम, शान्ति कायम गर्न सबैले नेपालकाे अध्ययन गर्नुपर्नेमा जोड


एबीसी न्यूज
मंसिर १६, २०७५ आईतबार  ८ : ४० बजे

काठमाडौँ, १६ मङ्सिर । एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ ।

युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा काठमाडौँमा दुई दिनसम्म चलेको सम्मेलनले आज काठमाडौँ घोषणापत्र जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेको छ ।

सम्मेलनले मानवीय र पृथ्वीमाथिको अस्तित्व चुनौती बनेको जलवायु परिवर्तनसँगसम्बन्धी गम्भीर मुद्दालाई विश्व समुदायले प्रभावकारी र तत्कालै सम्बोधन गराउन पहल गर्र्नुपर्नेमा जोड दिइएकोे छ ।

सम्मेलनको समापन कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले घोषणापत्र पढेर सुनाउनुभएको थियो । घोषणापत्रमा अझ शान्तिपूर्ण र समतामूलक तथा समावेशी विश्व व्यवस्था कायम गर्न विश्वव्यापी सुरक्षामा बढ्दो चुनौतीलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरिएको छ ।

दिगो शान्ति र खुशीका लागि विवाह र परिवारजस्ता परम्परा महत्वपूर्ण भएकामा जोड दिँदै सम्मेलनले उक्त परम्पराबाट नै दिगो विकासलाई अगाडि बढाउन समाज र राष्ट्रले सुरक्षा गर्नुपर्छ भन्ने विश्वव्यापी घोषणालाई ध्यानमा राखेको जनाएको छ । हिंसाबाट पीडित, अवसर र शिक्षाबाट बञ्चित महिलाको अवस्थामा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै सम्मेलनले सबै तहका सरकारले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनले जुनसुकै पेशा, राष्ट्रियता, संस्कृति, जातिका भए पनि सामाजिक दायित्व निभाउन युवा एवं विद्यार्थीलाई आग्रह गर्दै नैतिक छवि कायम गर्न, स्वचालित चेतना विकास गर्न र रुपान्तरणात्मक नेतृत्वको विकासमा युवा एवं विद्यार्थीको समावेश गर्र्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

आदर्श जीवनले नै परिवार, समाजमा र विश्व मानवीय सम्बन्धमा भिन्नता र मतभेद हटाउन मद्दत गर्ने उल्लेख गर्दै सम्मेलनले यसबाट नै विश्व परिवारको निर्माण हुनेमा जोड दिइएको छ । यही मङ्सिर १५ र १६ गते भएको सम्मेलन आयोजना गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजक र एकनाथ ढकाल सहसंयोजक रहेको समिति गठन गरिएको थियो ।

‘विश्व शान्तिका लागि सम्मेलन उपलब्धिमूलक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्रशान्त सम्मेलन विश्व शान्तिका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित सम्मेलनको समापन समारोहमा उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढाउँदाको समयमा आफूले गरेको योगदानको स्मरण गर्दै विश्वमै अनुपम नेपालको शान्ति प्रक्रियामा आफूहरुलाई गर्व रहेको धारणा व्यक्त गर्नुभयो । युद्ध र द्वन्द्वको समाधानका लागि त्यसको गहिराइमा पुगी कारण पत्ता लगाउनुपर्ने र छलफल तथा शान्तिपूर्ण वार्तामार्फत समाधानका लागि उपाय पहिल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताले सात झण्डै दशकदेखि पटकपटक सङ्घर्ष गर्दै आएको अधिकारको लडाईं संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संस्थागत भएको बताउनुभयो । नेपालको शान्ति प्रक्रियाका बारेमा केन्द्रित रहेर मन्तव्य दिनुभएका उहाँले तत्कालीन प्रमुख सबै राजनीतिक दल र माओवादी मिलेर नै सशस्त्र द्वन्द्व समाधान भई शान्ति प्रक्रिया सफल भएको चर्चा गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले निरकुंश राजतन्त्रका विरुद्ध तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको सम्झौतादेखि विसं २०६२÷६३ को आन्दोलन, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, सेना समायोजना, संविधानसभाको निर्वाचन र संविधानसभाबाट नेपालको संविधान जारी भएको सम्बन्धमा अवगत गराउनुभएको थियो ।

साथै उहाँले नयाँ संविधान कार्यान्वयनका लागि गत वर्ष मात्रै तीन तहका निर्वाचन सफल पमा सम्पन्न गरी मुलुकमा राजनीतिक स्थायित्व कायम भएको र वर्तमान सरकारले जनताका चाहना पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा कोरियाली संसद्को शिक्षा समितिका अध्यक्ष चानयोल लीले विश्वको शान्ति परियोजनामा शान्ति, विकास, सुशासन र संसद् भूमिकाका विषयमा मन्तव्य दिँदै कोरियाली प्रायद्वीपको शान्ति प्रक्रियाका बारेमा सम्मेलनमा नेताहरुले देखाएको चासोप्रति आभार व्यक्त गर्नुभयो ।

युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जि वाल्सले आफ्नो संस्थाको स्थापना, उद्देश्यका बारेमा अवगत गराउँदै विश्वमा शान्ति र विकासका लागि कार्य गर्दै आएको बताउनुभयो । फिजीका सभामुख जिको लुभेनीले विश्वमा शान्ति कायम गर्न संसद्को भूमिकामाथि प्रकाश पार्दै दिगो विकासका लक्ष्य हासिल गर्न भइरहेको प्रयासका बारेमा अवगत गराउनुभएको थियो ।

यसअघि आजै सम्मेलनकै क्रममा सम्बन्धित क्षेत्रका विज्ञको सहभागितामा विश्वका समसामयिक जटिल चुनौतीमा ‘जलवायु परिवर्तन र सञ्चार माध्यमको’ भूमिका विषयक छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com