
काठमाडौं,१६ मङसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाउनु भएको छ । वामपन्थी नेता वामदेव क्षेत्रीद्धारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागिपरेको बताउनु भएको हो ।
राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वभाविक भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसैलाई बहाना बनाएर कांग्रेस संघियता विरोधी बाटोमा हिंडेको अरोप लगाउनु भयो ।
नेपालका आधुनिक किसिमको समाजवाद स्थापन गर्न सबै एक जुट हुनु पर्ने बताउनु भयो ।अध्यक्ष प्रचण्डले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाईनमा काम भईरहेको दाबी पनि गर्नुभयो ।
प्राप्त उपलब्धिलाई संरक्षण गर्नुभन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै परिर्वतनका कम्युनिष्टहरुबीच अझै गंभीर ढंगले एकता गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
राजसंस्था फर्काउन लागेकाहरुको दुश्साहस आफुहरुका लागि चुनौतिपुर्ण रहेको भन्दै त्यस तर्फ सजग हुनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले उत्पादनमा बृद्धि गरि जनताको आर्थिक स्तर उकास्न लागि लगिपरेको बताउनुभयो । कार्यक्रममा बोल्दै पुस्तक समलोचकहरुले नेपाली समाजको लागि निकै सन्दभिक रहेको बताउनु भयो । पुस्तकमा नेपाली समाजले लिंदै गरेको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्ने पाठ सिक्न खाल्को रहेको बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्