ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन प्रहरीको सक्रियता : नाटकीय शैलीमा चोरी गर्ने मुख्य अभियुक्त सहित चार जना सार्वजनिक


एबीसी न्यूज

चितवन , १६ मंसिर । सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएको छैनन् ?  यदी आएको छ भने समयमै चनाखो हुनुहोस् है ,  साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् ।  चितवनका एक परिवारले पाउनु सम्मको सास्ती पाएका छन् ।

समयमै साबधानी अपनाउन नसक्दा परिवारको २ लाख रुपैयाँ नगदसहित ७ लाख बराबरको धनमाल चोरी भएको छ ।

चितवन प्रहरीले यस्तै नाटकीय शैलीमा चोरी गर्ने ४ अभियुक्तहरुलाई शनिबार सार्वजनिक गरेको छ । गएको मंसिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा डाँका चोरी गरी फरार भएका तीन जना र उनीहरुको सामान खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका  ९ बस्ने बर्ष ५० को रामचन्द्र थापा, मकवानपुर राक्सिराङ्ग गाउँपलिका ८ बस्ने वर्ष ३२ को रामकुुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका  ७ आग्रा चौबास बस्ने बर्ष ४८ को सन्तबहादुर थिङ र चितवन रत्ननगर नगरपालिका वर्डा नम्बर १० बस्ने बर्ष ३७ को कृष्ण ढकाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका मध्य घटनाका मूख्य अभियुक्त भनिएका रामचन्द्र थापालाइ असइ सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पोखरा बसपार्क नारायणगढबाट, थिङलाई काठमाडौंको कलंकीबाट , मोक्तानलाई मकवानपुरको मनहरीबाट साथै ढकाल लाई आफ्नै पसलबाट पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार घट्नाका मुख्य योजनाकार थापा बिं।सं। ०६६ साल जेठ २७ गते राती चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेस्तोल देखाई धनमाल लुटिएको आरोपमा डाँका र हातहतियार खरखजाना मुद्धामा साँढे ७ वर्ष कारागार कार्यालय चितवनमा थुनामा बसी कैद भुक्त गरी छुटेका व्यक्ति हुन् ।

यस्तै, अर्का अभियुक्त रामकुमार मोक्तान भने मकवानपुरमा डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरी २०७२ सालमा छुटेका व्यक्ति हुन् । यस्तै, कृष्ण ढकाललाई प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका ढकालको साथबाट प्रहरीले १९ हजार ५ सय रुपैयाँ र सुनको सिक्री दुई थान, बेरुवा औंठी एक थान, मुन्द्रा २ जोर, लेडिज औंठी एक थान बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिहरुलाई मुलुकी अपराध ९संहिता० ऐन २०७४ परिच्छेद २० को दफा २४४ को अपदफा २ ९घ० अनुसारको कसुर, दफा २४४ को उपदफा ३ ९ख० बमोजिम ५ वर्षदेखि १० वर्ष सम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका सबैलाई डाँका र चोरीमा मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ । यस अगाडि पनि चितवनमा यस्तै प्रकृतिको चोरी का घट्ना सार्वजनिक भएको थियो । गत असोज १२ गते माडी नगरपालिकामा पाहुना बनेर एक परिवार लुटिएका थिए ।

यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परी मुद्दा चलाइएकोमा हाल उनीहरु पुर्पक्षका लागि थुनामा कारागार चलान भएका छन् । गोपाल भनिने कालु परियार र हरि गोले पुर्पक्षका लागि थुनामा गएका छन् । असोज १२ गते शुक्रबार माडी नपा वडा नं ६, कल्याणपुर वडा कार्यालय नजिक भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए ।

यसरी लुटिए सुबेदी परिवार ।
गएको मंसिर ७ गते बेलुका अन्दाजी ७ बजे भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित तारानाथ सुवेदी परिवारका साथ घरमा खाना खाइरहेका हुन्छन् । त्यत्तिकैमा नाम, थर वतन खुल्न नसकेको , मुखमा मास्क लगाएको एक जना ब्राह्मण क्षेत्री जस्तो देखिने व्यक्ति, दुई जना मंगोलियन जस्तो देखिने युवाहरू सरासर छिर्छन् ।

त्यहाँ पुगेका उनीहरुले घरमुली तारा नाथलाइ प्रश्न राख्छन् तपाईहरुको घरमा को–को हुनुहुन्छ । सुबेदीले उनीहरुको कुनै प्रतिक्रिया जनाउदैनन् । त्यसपछि उनीहरुले सुबेदी परिवारलाई हामीलाई बचाइदिनुस्, हाम्रो पछाडी प्रहरी लागेको छ । सुरक्षा दिनुहोस् भन्दै हारगुहार गर्छन् । सुबेदी परिवार समेत उनीहरुको कुरालाई नकार्दैनन् । कहीँ कतै झगडा परेर सहयोग मागेका होलान् भनी उनीहरु लाई आश्रय र खाना समेत खुवाउन्छन् । तर, उनीहरु पछि चोर भएर निस्कन्छन् । घरमुली तारानाथ भन्छन्, ‘छोटो दिन हुँदा रात झम्मक भइसकेको थियो । तीन जना केटाहरु हस्याङफस्याङ गर्दै दौडिँदै आए । घरमा बूढीआमा, पाहुना, छोरी ज्वाइँ, भुराभुरी सबै थियौँ । साँझको बेलामा ज्यान जोगाइदिनुपर्‍यो भन्दै आएपछि हामीले पनि नाइँ भनेनौं ।

उनीहरुले दस बजे सम्म बसेर हामी निस्कन्छौँ भने । त्यसपछि हामीले बेलुकी खाना पकाएर दियौँ । एक जनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्दै थियौँ । वरपर सबैै चकमन्न भइसकेको थियो । त्यसक्रममा उनीहरुले चक्कु, हथौठा लगायत हतियारहरु देखाए । एकाएक हतियार देखाएपछि हामी अचम्मित भयौँ । हतियार देखाउदै उनीहरुले तिमीहरुसँग नगद ५ लाख रुपैयाँ छ, त्यही लिन आएको हो , ले भने । म सँग जम्मा २ लाख मात्रै थियो । मैले २ लाख छ भनेँ । उनीहरुले जसरी पनि ५ लाख पुर्‍याइ लैजाने हो, के के छ निकाल भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइँसँग भएको गहना र ना. ४१.प. २०७६ नम्बरको मोटरसाईकल समेत गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल डाँका चोरी गरी फरार भए । प्रहरीले उनीहरुले लगेको मोटरसाईकल भोलिपल्टै भोजाडबाट नियन्त्रणमा लिईसकेको छ । लुटेराले जाने क्रममा रातीको अन्दाजी २ बजे हामीलाई भित्र राखेर चाबी लगाएर निस्के ।’ उनले भने । घटनाको अर्को दिन पीडित परिवारले प्रहरीलाई खबर गरेपछि मात्र घटनाको अनुसन्धान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com