ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन करोड सामाजिक सुरक्षा भत्ता वितरण


admin
मंसिर १५, २०७५ शनिबार   ४ : १३   बजे

तनहुँ, १५ मङ्सिर । शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५-७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि असोज महीनासम्म उक्त रकम वितरण गरेको हो । ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई मासिक रु एक हजार, आंशिक अशक्त अपाङ्गतालाई मासिक रु ६०० र पूर्ण अशक्त अपाङ्गतालाई मासिक रु दुई हजारका दरले प्रदान गरिएको सामाजिक विकास कार्यक्रमका नासु मञ्जु सुवेदीले बताउनुभयो ।

चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा कार्यविधि २०७५ लागू भएपछि भूतपूर्व सैनिकको लगत कट्टा गरिएकामा पुनःसरकारले कायम गर्न निर्देशन दिएपछि लगत कट्टा गरेकाको कायम गर्दा भत्ता वितरण कार्यमा ढिलाइ भएकाले दशैँपछि मात्रै बाँडिएको उहाँले जानकारी दिनुभयो ।
सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकलाई औषधोपचारवापत मासिक रु एक हजार थप गरी प्रदान गरिने प्रावधान छ । गत आवमा पाँच हजार ७२७ जनालाई रु आठ करोड ९३ लाख ६ हजार ४०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group