ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन करोड सामाजिक सुरक्षा भत्ता वितरण


admin

तनहुँ, १५ मङ्सिर । शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५-७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि असोज महीनासम्म उक्त रकम वितरण गरेको हो । ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई मासिक रु एक हजार, आंशिक अशक्त अपाङ्गतालाई मासिक रु ६०० र पूर्ण अशक्त अपाङ्गतालाई मासिक रु दुई हजारका दरले प्रदान गरिएको सामाजिक विकास कार्यक्रमका नासु मञ्जु सुवेदीले बताउनुभयो ।

चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा कार्यविधि २०७५ लागू भएपछि भूतपूर्व सैनिकको लगत कट्टा गरिएकामा पुनःसरकारले कायम गर्न निर्देशन दिएपछि लगत कट्टा गरेकाको कायम गर्दा भत्ता वितरण कार्यमा ढिलाइ भएकाले दशैँपछि मात्रै बाँडिएको उहाँले जानकारी दिनुभयो ।
सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकलाई औषधोपचारवापत मासिक रु एक हजार थप गरी प्रदान गरिने प्रावधान छ । गत आवमा पाँच हजार ७२७ जनालाई रु आठ करोड ९३ लाख ६ हजार ४०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com