ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आङसान सुकी भन्छिन, दिगो विकास, समृद्धि र शान्ति स्थापित हुनुपर्छ


admin
मंसिर १५, २०७५ शनिबार  १२ : ३९ बजे

काठमाडौं,१५ मङसिर । म्यान्माका स्टेट काउन्सिलर आङसान सुकीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उहाँले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताउनुभएको हो ।

दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उहाँले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गर्नुभयो । नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन ९युपिएफ० अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन शुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र-सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी हुनुहुन्छ । यस प्रकारको सम्मेलन नेपालमा पहिलोपटक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

आज ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com