ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस वर्ल्ड २०१८ नेपालकी श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा प्रचार प्रसार भएजस्तो भोटका आधारमा उपाधि जितिने होइन


एबीसी न्यूज


काठमाडौंं, १५ मंसिर । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३ औं समूहको विजेता बन्दै उनले यो यात्रा तय गरेकी हुन् ।

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुुसार यी २० प्रतियोगीहरु छानिएका हुन् ।

नेपाल २० मध्ये १३ औं समूहमा परेको थियो जसमा नेपालबाहेक अर्जेण्टिना, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्ग र मल्दोभाका सुन्दरीहरु थिए । बाँकी ५ प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल समूह विजेताका रुपमा हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डका लागि छानिएको छ।

यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड२०१८ को उपाधिका लागि सेमी फाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ ।

सामाजिक सञ्जालमा प्रचार प्रसार भएजस्तो भोटका आधारमा मिस वर्ल्डको उपाधि जितिने होइन, बरु उपाधिका लागि अघिल्ला चरणमा पुग्न सहयोग मात्र हुने हो ।

११८ प्रतियोगीमध्ये जम्मा ३० जना सेमी फाइनलमा पुग्छन् र बाँकी सबै फालिन्छन् । तीनै ३० जनाबीच उपाधिका लागि मिस वर्ल्ड २०१८ घोषणा हुने दिन भिडन्त हुनेछ र एक जनाले मिस वल्र्ड २०१८ ताज पहिरिनेछिन् ।

सेमी फाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।

ती प्रतियोगिताहरुमा ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया पर्दछन् । ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमी फाइनलका लागि छानिन्छन् । यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् ।

हेड टु हेडमा फालिए पनि अर्को सम्भावना बाँकी रहन्छ किनकि बाँकी ५ जना भने अन्य ५ प्रतियोगिताका विजेताहरुलाई लिइने हो । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ ।

नेपालले हेड टु हेडमा २० मध्ये १० जनामा पर्न सफल भएमा सेमी फाइनल पुग्ने पक्का छ । हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा प्रतिस्पर्धीहरुले विभिन्न प्रस्तुति दिनुपर्ने हुन्छ ।

यदि हेड टु हेड च्यालेञ्जको उत्कृष्ट १० मा नपरे बाँकी रहेका ३ प्रतिस्पर्धा मल्टिमिडिया, ब्यूटी विद पर्पस वा ट्यालेण्ट मध्ये कुनै एक उपाधि जिते पनि सेमी फाइनलको यात्रा पक्का हुनेछ ।

यी दुवै तरीकाबाट छानिन नसकेको खण्डमा भने नेपाल तथा श्रृंखला खतिवडाका लागि मिस वर्ल्ड २०१८ को यात्रा यहीँ टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com