ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब सबै वडाबाट कर संकलन गर्छौं – मेयर रेणु दाहाल


एबीसी न्यूज
मंसिर १४, २०७५ शुक्रबार  ९ : ०७ बजे

चितवन, १४ मंसिर  । भरतपुर महानगरपालिकाको आन्तरिक आयमा सुधार देखिएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षमा दोब्बरले आन्तरिक आय वृद्धि भएको हो । आर्थिक वर्ष ०७५/०७६ को पहिलो चार महिनामा १३ करोड ९४ लाख संकलन भएको छ । सम्पत्ति कर, नक्सापास, सिफारिस शुल्क तथा घरबहाल करबाट उठेको रकमको हिस्सा धेरै छ ।

गत वर्ष यही अवधिमा जम्मा ७ करोड २२ लाख ५८ हजार ७ सय ६७ रुपैयाँ संकलन भएको थियो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा संकलित कर आर्थिक वर्ष ०७०/०७१ को वर्ष भरि संकलित करबराबर हो ।

अब सबै वडाबाट कर संकलन गर्छौं – मेयर दाहाल
आन्तरिक आय तीव्र रूपमा वृद्धि हुनुमा भौतिक पूर्वाधार निर्माणमा जनसहभागिता महत्ववपूर्ण रहेको मेयर रेणु दाहालले बताइन् । जनतामा कर तिर्नुपर्छ भन्ने भावनाको क्रमशः विकास हुँदै गएकाले पनि कर संकलन बढेको उनले बताइन् ।

उनले हाल केही वडाबाट मात्र कर संकलन हुने गरेकामा आगामी महिनादेखि महानगरका सबै वडाबाट संकलन थालिने समेत बताइन् । कर संकलनका लागि नेपाल टेलिकमसँग सहकार्य भइरहेको समेत उनले बताइन् । क्षमताका आधारमा सबैलाई करको दायरामा ल्याउनु, घरबहाल करलाई व्यवस्थित र वैज्ञानिक बनाउनु, करमा एकरूपता ल्याउन छिमेकी स्थानीय तहसँग सहकार्य गर्नु, नयाँ करको क्षेत्र पहिचान गर्नु कर संकलनका लागि चुनौतीको विषय बनेको मेयर दाहालले बताइन् ।

५५ करोड संकलन गर्ने लक्ष्य
महानगरले चालू आर्थिक वर्षमा ५५ करोड कर संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ३० करोड मात्र संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com