ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्


admin
मंसिर १३, २०७५ बिहीबार  १ : १० बजे

चितवन, १३ मङ्सिर ।  माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताउनुभयो ।

उहाँले दशैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताउनुभयो । केही दिन अघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ ।

दशैँ अघिबाट दैनिक जङ्गली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । ढकालका अनुसार माडीका विभिन्न क्षेत्रका बस्तीमा आएर हात्तीले भकारीको धान खाने, बारीको विभिन्न बाली खाने, जनतालाई त्रसित बनाउने गर्दैआएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडीवासीले आफ्नो रोहवरमा वार्ता हुनुपर्ने माग गरेपछि आफू वार्तामा जाने तयारीमा रहेको बताउनुभयो । उहाँले जनताका मागलाई सकेसम्म सम्बोधन गरेर शव उठाउन लगाउने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले हात्तीलाई बेहोस बनाउन प्राविधिक टोली हात्तीको खोजीमा लागिसकेको बताउनुभयो ।

उहाँका अनुसार प्राविधिक पुरुषोत्तम पाण्डे र किरण रिजाल हात्तीको खोजीमा गइसकेका छन् । हात्तीलाई बेहोस बनाई दाह्रा काटेर छोड्न निर्देशन दिइएको ढकालले बताउनुभयो । सो हात्तीको एउटा दाह्रा यसअघिनै भाँचिएको छ । निकुञ्जभित्र बेहोस बनाउन कठिन हुने भएकाले बस्तीमा आएसँगै डार्ट गरेर बेहोस बनाउने तयारी गरिएको छ ।

यसअघि विसं २०७० मा माडीमै ध्रुवे हात्तीले छ जनाको ज्यान लिए पछि माडीवासी आन्दोलित भएका थिए । ध्रुवेलाई धपाउन गोली प्रहार गरिएको थियो । सो हात्तीले हाल जनतालाई दुःख दिएको छैन ।

माडीवासीले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय संशोधन हुनुपर्ने, घटनाका पीडितलाई राहत नभई पूर्ण क्षतिपूर्ति दिइनुपर्ने, जीउधनको सुरक्षा हुनुपर्ने, नागरिकको संविधानप्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जङ्गली जनावरको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्नेलगायतका मागसमेत राखेका छन् ।

बुधबार माडी नगरपालिका–९ स्थित रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । निजहरूको शवलाई घर नजिकै राखिएको छ । शव उठाउन स्थानीयले नदिएका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आवको अहिलेसम्मको अवधिमा वन्यजन्तुबाट आठ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com