
काठमाडौं,१३ मङसिर । नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ । दुई देशबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको हो ।
नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानममन्त्री हुन सेन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राजधानीको एक होटलमा दुई देशका नागरिक उड्यन मन्त्रीले हस्ताक्षर गर्ने बताइएको छ ।
१ करोड ६० लाख जनसंख्या भएको कम्बोडियामा ९७ प्रतिशत मानिसले बुद्ध धर्म मान्छन् । सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ ।
सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोहीअनुसार आज हस्ताक्षर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिएका छन ।







प्रतिक्रिया दिनुहोस्