ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यारेकका लागि स्थान पाएन सशस्त्रले


एबीसी न्यूज

दोलखा, १३ मङ्सिर ।  जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन ।
मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० सशस्त्र प्रहरीको दरबन्दीसहित विस्तार भएको गुल्मलाई बसोबासका लागि उचित स्थानको अभाव भएको हो ।

राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगिक सुरक्षा र विशेषगरी उत्तरी सीमा सुरक्षाका लागि गत साउन १ गते दरबन्दी स्वीकृत भएर असोज १८ गतेदेखि सदरमुकाम चरिकोटमा स्थापित उक्त नं १८ गुल्मलाई स्थान अभावकै कारण सुरक्षामा समेत चुनौती थपिएको छ ।

गुल्मले चरिकोटस्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवन प्रयोग गर्दै आए पनि उक्त स्थान पर्याप्त नरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले जानकारी दिनुभयो । महिला तथा बालबालिका कार्यालयका लागि बनाइएको उक्त साढे दुईतले भवनमा पनि भुइँतलाको एउटा हल, दोस्रो तलाको एउटा कोठा र एउटा भान्सा मात्रै आफुहरुले पाएको उहाँले बताउनुभयो ।

स्थानीय सरकार आएसँगै नगरपालिका तथा गाउँपालिकामा गाभिन पुगेको उक्त कार्यालयले भवनको पहिलो तलाको सबै कोठा स्टोर बनाएर राखेको छ भने सुरक्षा निकायले प्रयोग गरेको भवनको भुइँतलामा सोही कार्यालयको गाडी चालकका परिवारले छोडका छैनन् ।

कार्यालय खारेजीसँगै सम्पूर्ण सामान जिल्ला समन्वय समितिलाई जिम्मा लगाउन विवरण बुझाए पनि निरीक्षण तथा रुजु गर्ने काममा ढिलाइ भएकाले सामग्री हटाउन नसकेको स्टोरकिपर समेत रहेकी सहायक महिला विकास निरीक्षक अञ्जुला सिग्देले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त गुल्मलाई अन्यत्र सार्ने तयारी भइरहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि तीन हजार ६२४ वर्गमिटरमा फैलिएको उक्त कार्यालयको जग्गामा सशस्त्रलाई सार्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“कृषि विकास कार्यालयको भवनमा हाल रहेको किबी जोनको कार्यालय महिला तथा बालबालिका कार्यालयको भवनमा सार्न तयारी भएको र यसका लागि सङ्घीय मन्त्रालयस्तरमै कामकुरो छिनोफानो भएर आउनुपर्ने भएकाले पनि समस्या उत्पन्न भएको प्रजिअ पाठकको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com