ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसाका घटना बढदै


admin

घोराही, १२ मङ्सिर । आर्थिक वर्ष २०७१-७२ देखि २०७४-७५ को मङ्सिर पहिलो सातासम्म एक हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

बलात्कार, बलात्कारका प्रयास, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, आत्महत्या, सामाजिक हिंसा, बोक्सीको आरोपलगायतका घटना रहेका छन् । तथ्याङ्कमा उल्लेख भएअनुसार २०७१-७२ मा २५१ वटा, २०७२-७३ मा २५१ वटा, २०७३-७४ मा २७२ वटा, २०७४-७५ मा ३२५ वटा महिला हिंसाका घटना भएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको मङ्सिर पहिलो सातासम्म ६२ वटा महिला हिंसाका घटना प्रहरीसम्म आइपुगेको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो । तथ्याङ्कमा उल्लेख गरेअनुसार बलात्कारका १२९ वटा, बलात्कार प्रयासका ५३, बहुविवाहका १२, मानव बेचविखनका पाँच, घरेलु हिंसाका ५१९, आत्महत्याका ३३१, सामाजिक हिंसाका ६४, बोक्सी आरोपका आठ जना पीडित रहेका छन् ।

प्रहरी निरीक्षक गौतमका अनुसार महिला विशेष गरी घरभित्रै कुटपिट गर्ने, अपमान गर्ने, घर निकाला गर्ने, घरपरिवारका कुनै पनि व्यक्ति नबोलेर वा गालीगलौज गरेर मानसिक यातना दिने जस्ता घटना बढी आउने गरेको बताउनुहुन्छ ।

महिला पुनःस्थापना केन्द्र ओरेकले दाङमा बितेको १० महीनामा १३५ महिला हिंसाका निवेदन परेकोमा सबैभन्दा बढी घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना थिए । यसैगरी औपचारिक सेवा केन्द्र इन्सेकले दाङमा बितेको साढे १० महीनामा अभिलेख गरेको तथ्याङ्कमा १५१ वटा मानवअधिकार हननका घटना भएका थिए ।

त्यसमा पनि सबैभन्दा बढी बलात्कारका ५१ घटना भएका थिए । इन्सेकको तथ्याङ्कमा पनि बालिका बलात्कारको घटना ह्वात्तै बढेको पाइयो । महिला मानवअधिकार रक्षकको सञ्जालकी केन्द्रीय सचिव आचार्य फैसला कार्यान्वय गर्ने निकायको सक्रियता नहुनु, मुद्दामा लाग्ने खर्च गर्नसक्ने क्षमता नहुनु, सामाजिक लाञ्छनाका कारण अन्याय विरुद्ध सङ्र्घष गर्ने साहस नहुनु जस्ता कारणले न्यायमा महिलाले पहुँच पु¥याउन नसकेको उहाँ बताउनुहुन्छ ।

उहाँले महिलाको न्यायमा पहँुच नहुँदा नै महिलामाथिको हिंसा झनझन बढी रहेको जिकिर गर्नुहुन्छ । अब महिलामाथि हुने विभिन्न प्रकारका हिंसा रोक्नको लागि पुरुषलाई पनि बढीभन्दा बढी सचेतनाको कार्यक्रम आवश्यकता रहेको उहाँको भनाइ छ ।

मानव अधिकार सञ्जालका जिल्ला संयोजक केशव आचार्यले पीडित झन पीडित हुने र पीडक खुलेआम हिँड्ने अवस्था रहँदासम्म महिला हिंसाका घटनामा कमी आउन नसक्ने दाबी गर्नुहुन्छ । केही समयअघि महिला मानवअधिकार रक्षकहरुले गरेको एउटा अध्ययनमा समाजमा अन्याय भोगिरेहका महिलामध्ये १३ प्रतिशतले मात्र न्यायालयमा न्याय खोज्न जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com