ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपी खनाल भन्छन,तनहुँवासीको शिर ठाडो हुने गरी काम गर्छु


admin

दमौली, ९ मङ्सिर ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताउनुभएको छ ।

आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आज आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो ।

महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यकपर्ने बताउनुभयो ।

सो अवसरमा स्थानीयवासी कृष्ण ढकालले आफ्नै ठाउँको मान्छे प्रहरीको उच्च सङ्गठनमा पुग्दा खुशी लागेको बताउनुभयो । स्थानीय रनबहादुर श्रेष्ठ, तीलक खत्रीलगायतले उच्च ओहोदामा पुगेर तनहुँको नाम राख्न सकेकामा प्रहरी महानिरीक्षकलाई बधाई ज्ञापन गरेका थिए ।

प्रहरी महानिरीक्षक खनालले आज नै इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र प्रहरी चौकी टुहुरे पसलकोसमेत निरीक्षण गर्नुभएको छ ।

यसबीच महानिरीक्षक खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोलो काढेर छाड्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन महानिरीक्षक खनालले भन्नुभयो, “एक-दुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन ।”

उहाँले नागरिकको रक्षामा खटिएका ७५ हजार नेपाल प्रहरी सदैव कर्तव्यनिष्ट र असल प्रहरी बनेर शान्तिसुरक्षामा अहोरात्र खट्न समग्र प्रहरी सङ्गठनलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com