ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लैङ्गिक हिंसा विरुद्ध डोल्पाली महिला सडकमा


admin
मंसिर ९, २०७५ आईतबार  ५ : ४१ बजे


डोल्पा,९ मङसिर । बड्दो महिला हिंसा विरुद्ध हिमाली जिल्ला डोल्पाका महिलाहरु सडकमा उत्रेकाछन् । लैङ्गिक हिंसा र दुव्र्यबहार,छैन हामीलाई स्विकार्य भन्ने मुल नाराका साथ आइतबार त्रिपुरा सुन्दरी नगरपालिकाका महिलाहरु नाराबाजी गर्दै सडकमा उत्रेका हुन् ।

जनचेतना र शिक्षाका अभावका कारण जिल्लामा बड्दै गइरहेको महिला हिंसा गतिबिधि विरुद्ध नगरका सम्पुर्ण महिलाहरु सडकमा उत्रेको अन्तरपार्टी महिला संञ्जालका नगर अध्यक्ष काली चलाउनेले बताईन् ।

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको नेतृत्व गर्दै चलाउनेले गाँउ–घरमा विद्यामान छाउपडी प्रथा,महिनावारी हुँदा छुट्टै गोठमा बसाल्ने परम्परा लगाएतले महिलाहरु हिंसाको सिकार बन्दै आएकाले यसको न्युनिकरणका लागि यो अभियान शुरुवात गरिएको बताईन् ।

हिंसा विरुद्ध ऐक्यबद्धता जनाउन नगरका ग्रामिण बस्तीहरुबाट सयौँको सङ्ख्यामा महिलाहरु अभियानमा सरिक भएका थिए । महिलामाथी थिचो–मीचो गर्न पाइदैँन,महिला हिंसा अन्य गरौँ,शब्य समाजको निर्माण गरौँ,सामाजिक कुप्रथाको अन्त्य गरौँ भन्ने लगाएतका नारा लगाउँदै महिलाहरुले बगर बजार परिक्रमा गरेका थिए ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान घर दैलोमा पुगेर जनचेतना मुलक सन्देशहरु प्रवाह गर्ने सो सम्बन्धि कार्यक्रमहरु स्थानीय संञ्चार माध्यम मार्फत समेत प्रकाशन प्रशारण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैगरी ठुलीभेरी नगरपालिकामा पर्ने सदरमुकाम दुनैमा समेत महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी गरिएको छ ।

उक्त अभियान अन्तर्गत १६ गते देखि २४ भित्रको अवधिमा दिप प्रज्वलन,निबन्ध प्रतियोगिता,ज्ञापन पत्र लगाएतका कार्यक्रमहरु राखिएको महिला तथा बालबालिका कार्यालय दुनैले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com