ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमै मञ्च बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको शक्ति प्रदर्शन


एबीसी न्यूज

 

 

काठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंको प्रदशर्नी मार्गमा जनसभाको आयोजना गरेको छ ।

नेकपाले पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ जाने सडकमै मञ्च खडा गरेर सभा आयोजना गरेको छ । सभाका कारण त्यस क्षेत्रमा आवतजावत ठप्प बनेको छ । सभास्थलमा विभिन्न क्षेत्रबाट नारा जुलुस सहितको र्याली आउने क्रम जारी छ ।

पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेकपाले जनसभा गरेको हो । जनसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको भए पनि अन्तिम समयमा उहाँ सहभागी नहुने भएको छ । सुरक्षाका कारण सहभागी नहुने बुझिए पनि पार्टीले भने कुनै कारण खुलाएको छैन ।

जनसभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रकाण्डले आमसभामा पार्टीको भावी नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्ने बताइएको छ ।

जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका नेतालो सभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com